नेपालको राष्ट्रिय खेलकुदमा पहिलो संस्करण देखिनै खोखो खेललाई स्थान दिदै आएता पनि यस खेलले नेपालमा त्यति ठूला परिचय स्थापित गर्न भने सकेको छैन ।

इतिहास सम्पादन गर्नुहोस्

नेपालमा २०३८ सालदेखि विद्यालय पाठ्यक्रममा शिक्षा विषयमा समावेश गरिए पनि तालिम प्राप्त प्रशिक्षकको अभावमा यो खेलले लोकप्रियता पाउन सकेन । वि.स. २०४१ सालमा भारतबाट आएका प्रा.भी.डी. बापतले नेपाल भ्रमणगरि प्रदर्शन खेल प्रस्तुत गरेपछि यो खेलले नेपालमा नयाँ रूप धारण गरेको हो । वि.स. २०५१ सालमा डा. रामकृष्ण महर्जनको अध्यक्षतामा खो-खो संघको तदर्थ समिति गठन पछि वि.स.२०५२ सालमा उक्त संघले मान्यता पायो ।

अन्तर्राष्ट्रिय सहभागीता सम्पादन गर्नुहोस्

सोही वर्ष भारतको कलकत्तामा भएको पहिलो एसियन खो-खो प्रतियोगितामा नेपालले तेस्रो स्थान प्राप्त गरी सार्क मुलुकमा राम्रो प्रभाव पार्न सफल भएको थियो । त्यसैगरी बङ्गलादेशको ढाकामा सम्पन्न दोस्रो एसियाली खो-खो प्रतियोगितामा नेपालले राम्रो प्रदर्शनका साथ थाइल्यान्डलाई पराजित गर्दै श्रीलङ्कासँग बराबरी गर्न सफदरल भएको थियो । भने उक्त प्रतियोगितामा भारत प्रथम, बङ्गलादेश द्वितीय तथा श्रीलङ्का तृतीय भएको मा नेपालले चौथो स्थानमा चित्त बुझाउनु परेको थियो, त्यसबाहेक उक्त प्रतियोगितामा थाइल्यान्ड र जापानको पनि सहभागीता रहेको थियो ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्