नारायण कवच
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नारायण कवच भनेको नारायणको ध्यान मन्त्र हो। जसको जाप गर्नाले आत्म शुद्धी र आत्म रक्षा हुने विश्वास गरिन्छ। प्राचिन कालमा यो संस्कृत भाषामा लेखिएको थियो। अब यो नेपाली भाषामा अनुवाद गरिएको छ। यहाँ नेपाली भाषाको नारायण कवच लेखिएको छ।[१]
"आठ बाहुहरूमा जउन् प्रभुजिका चक्रादी आठ शस्त्र छन्।
गर्दा कहिँ स्वार जो गरुडका पिठ्मा गई चढ्दछन्॥"
"सूर्यकै सरिको किरण छ जसको वर्णै छ आकाश सरी।
मेरो दु:ख सबै हरण गरी दिउन् सोही जगन्नाथ हरी।"
"उल्का जिवहरू देखि मत्स्य भगवान् रक्षा मलाई गरुन्।
जो जो दु:ख थलमा त्यो सकल दु:ख श्री बामनैले हरून्॥"
"आकाशमा भगवान् विश्वरूपजीले रक्षा गरुन् खुस् भई।
जंगलको सब दुःख हरून् रघुपति मेरा संगैमा रही॥"
"बाटोकोको सब दुःख बराह भगवान् मेरा सहजमा हरून्।
रक्षा पर्वतका शिखरहरूमहाँ श्री पर्शुरामले गरुन्॥"
"युद्धैमा भगवान् नरसिँह जी गरुन् रक्षा मलाई अती।
वेद व्यासजीले हरण गरी दिउन् अज्ञान मेरो जती॥"
"सेखी सान नरले हुनै न दिई क्यै रक्षा मलाई गरुन्।
बिध्नै छन् जति कार्यमा सकल त्यो दत्तात्रयले हरून्॥"
"सुख दुःखमा झगडा गराई नदिउन् कहिँ कपिलदेव रती।
छिद्रै छन् जति देव पूजनमा नारद् बचाउन् अति॥"
"खायाको जति चिज छ पथ्य सब त्यो धन्नन्त्वरीले गरुन्।
फेरी यज्ञ पुरुष जिले सहजै लोकापवादै हरून्॥"
"मन्को ताप सनत्कुमार ऋषिले सारा छुटाई दिउन्।
नर्कै देखि मलाई कुर्म भगवान् सब दिन् बचाई लिउन्॥"
"कष्टै सब् बलरामले हरिदिउन् लोक्मा भयाको जती।
सब् दुष्टैहरू देखि शंकरजीले सब् दिन् बचाउन् अती"॥
"पाखण्डैहरू देखि बौद्ध भगवान् रक्षा मलाई गरुन्।
मेरो जो छ दरिद्रता सकल त्यो श्री कल्कीजीले हरून्॥"
"निन्द्रा स्वप्न विमोह जागृतीहरूमा कौनै अवस्थामा महाँ।
सब संध्याहरूमा र रात्री दिनमा हुन्छु म जहिले जहाँ॥"
"जसका नाम् स्वरूप् अनंत छन् उनै नारायणैले गरी॥
मेरा दुःख सबै हरण गरी दिउन् अत्यन्त खुसी भई॥"
- छन्द परिवर्तन
"कल्पांत कालमा भगवान हुतासन्।
जस्तो गरी लोककन दग्ध पार्दछन्॥"
"त्यस्तै गरी चक्र घुमि हरिका।
सब् शत्रु मारि दिउन् जगत भरिका॥
"सिँहादी सर्पादी जति दुष्ट आई।
दिन्छन् दुःख ठूलो यहाँ मलाई॥"
"सब् दुष्ट तिनलाई गदा हरिको ठोकी भगाउन्।
ठोकी भगाउन गरी तिर्ण सरिको॥"
"फुक्दैमा हरिले अति बज्न जाई।
जो मोह पार्छन् सब दैत्यलाई॥"
"त्यै पान्चजन्य शब्द भारी।
भुत प्रेत भगाउन् अति दुर पारी॥
हेर्नुहोस्
सम्पादन गर्नुहोस्- ↑ सुक सागर