नहर्की नेपालमा बसोवास गर्ने एक थर हो । नहर्की थरको गोत्र आत्रेय गोत्र हो । नहर्कीहरुको कुल देवता काली नाग हो । गोरखा जिल्लामा रहेको ऐतिहासिक धार्मिक स्थल अकला देवी मन्दिरको पुजारी नहर्की हुन । नहर्की जैसी र क्षेत्री २ जातका छन् । नहर्कीहरु गोरखा, तनहुँ, चितवन, धादिङ्ग, काठमाडौं, दोलखा, मकवानपुर, बाँके आदि जिल्लाहरूमा छरिएर बसोबास गर्दछन । नहर्कीहरुको कुलायन मन्दिर गोरखा जिल्लाको गोरखा न. पा. १४, गोप्लिङ्ग फाँटमा अवस्थित छ ।