हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन मनाइने धान्य पूर्णिमा मनाईन्छ ।

नयाँ धान भित्र्याएको खुसियालीमा ‘धान्य पूर्णिमा’ मनाउने परम्परा छ । यो पर्वमा धानको विशेष महत्त्व हुन्छ । धानलाई लक्ष्मीका रूपमा पूजा गर्ने परम्परा छ । भकारीमा भरेको धान कम नहोस् र धनधान्यले भरिभराउ होस् भन्ने उद्देश्यले मनाइने भएकाले यो पूर्णिमालाई ‘धान्य पूर्णिमा’ भनिएको हो ।

नयाँ खाद्यान्न आफूले उपभोग गर्नुअघि सबैभन्दा पहिला कुल देवता, पितृ देवता र देवी–देवताहरूलाई अर्पण गरेपछि मात्र आफूले खाने परम्परा छ । कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर नयाँ धानबाट चामलको खीर भोग लगाउने गरिन्छ ।

पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी गैडु पूजा गर्ने परम्पार रहेको छ । किरात समुदायको उँधौली पर्व पनि धान्य पूर्णिमाकै दिन मनाइन्छ । अन्नबाली भित्र्याएको खुसीयालीका साथै लेकबाट जाडो छल्न मानिस, जनावर र चराचुरुङ्गी बेँसीतिर झर्ने संकेत स्वरूप यो पर्व मनाउने चलन छ ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्