द शशाङ्क रिडेम्पसन
द शशाङ्क रिडेम्पसन (अङ्ग्रेजी: The Shawshank Redemption) सन् १९९४ मा फ्रान्क डारावोन्टद्वारा लिखित तथा निर्देशित अमेरिकी चलचित्र हो । यो चलचित्र सन् १९८२ मा स्टेफन किंगद्वारा लिखित रिटा हेवोर्थ एण्ड शशाङ्क रिडेम्पसन नोवेलमा आधारित रहेको छ। यस चलचित्रमा एउटा बैङ्कर एण्डी डुफ्रेसने जसलाई निर्दोश भएता पनि आफ्नो पत्नी हत्या तथा प्रेमिकाको आरोपमा शशाङ्क प्रान्तको कारागारमा आजीवन कारावास भएको कथामा आधारित रहेको छ।
द शशाङ्क रिडेम्पसन | |
---|---|
![]() रङ्गमञ्च प्रदर्शित पोस्टर | |
निर्देशक | फ्राङ्क डाराबण्ट |
पटकथा | फ्राङ्क डाराबण्ट |
निर्माता | निकी मार्भिन |
मुख्य कलाकार | |
छायाङ्कन | रोजर डेकिन्स |
सम्पादन | रिचार्ड फ्राङ्किस-ब्रुस |
सङ्गीत | थोमस न्यूमेन |
वितरक कम्पनी | |
वितरक | कोलम्बिया पिक्चर्स |
प्रदर्शन मिति |
|
अवधि | १४२ मिनेट |
देश | संयुक्त राज्य अमेरिका |
भाषा | अङ्ग्रेजी |
बजेट | $ २ करोड ५ लाख |
बक्स अफिस | $ ५ करोड ८३ लाख |
कथावस्तुसम्पादन
सन् १९४७ मा पोर्टलेण्डमा बैङ्कर एण्डी डुफ्रेनलाई आफ्नो पत्नी र उसको ब्वाइफ्रेण्डको हत्या गरेको अभियोगमा अदालतले द सशङ्क स्टेट पेनिटेन्यरीमा आजीवन कारावासको सजाय सुनाउँछ। सशङ्क स्टेट पेनिटेन्यरीमा एण्डीको मित्रता रेड नामक अर्को कैदीसँग हुन्छ जो स्मग्लिङ् को आरोपमा सजाय ब्यहोरि रहेको हुन्छ। रेडले एण्डीका लागि रिटा हेवर्थको पोष्टर र एउटा भूगर्भशास्त्रीले प्रयोग गर्ने हथौडाको व्यवस्था गरिदिन्छ। जेलभित्र लण्ड्रीमा काम गर्दा एण्डी बारम्बार "द सिस्टर्स" नामक समूह र उसको नाइके बग्सबाट शारीरिक यातना खेपिरहन्छ। सन् १९४९ मा एण्डीको कानमा यो खबर पुग्छ कि , गार्डहरूको प्रमुख बाइरन ह्याड्ली आफ्नो विरासतमा कर लाग्ने कुरालाइ लिएर चिन्तित छ। एण्डीले उसलाइ सहयोग गर्ने प्रस्ताव राख्छ। अर्कोतर्फ "द सिस्टर्स" को नाइके बग्सले एण्डीलाइ मरूञ्जेल भकुर्छ। त्यसपछी ह्याड्लीले बग्सलाइ कुटेरै अपाङ्ग बनाइदिन्छ र बग्सलाइ अर्कै जेलमा सारिन्छ। त्यसपछी एण्डीमाथी कुनै हमला हुँदैन। जेलको वार्डेन स्यामुएल नर्टनले एण्डीलाइ भेट्छ र पुस्ताकालयमा ब्रुक्स हेल्टनलाइ सहयोग गर्ने काम गर्ने प्रस्ताव राख्छ जसलाइ एण्डीले स्विकार्छ। एण्डीले नर्टन लगायत जेलका सम्पुर्ण कर्मचारीहरूको आर्थिक मामिलाको लेखाजोखा राख्न सुरू गर्छ। एण्डीले स्टेट लेजिस्लेचरलाइ साप्ताहिक रूपमा पत्राचार गर्न सुरू गर्छ जसमा जेलको पुस्तकालयलाइ राम्रो बनाउन फण्डको अनुरोध समेत गर्छ। ५० वर्षको जेल जीवन पछि ब्रुक्सलाइ १९५४ मा जेल जीवनबाट छुटकारा मिल्छ तर बाहिरी वातावरणमा आफूलाइ ढाल्न नसकेपछी उसले आत्महत्या गर्छ। लेजिस्लेचरले पुस्तकालयलाइ सहयोगको रकमका साथै फिगारोको विवाहको रेकर्डिङ्ग समेत पठाइदिन्छ जसलाइ एण्डीले पब्लिक एड्रेस सिस्टमका माध्यमद्वारा सबैलाइ सुनाइदिन्छ जसको सजाय स्वरूप उसलाइ सोलिटरी कन्फाइनमेन्टमा राखिन्छ। त्यहाँबाट छुटेपछी एण्डी ले साथीहरूलाइ सम्झाउँछ कि 'आशा' नै एउटा चिज थियो जसले उसलाइ त्यो कष्टकर समयबाट निस्कन मद्दत गर्यो। रेड एण्डी को यो कुरालाइ नकार्छ। सन् १९६३ मा नर्टनले जेलका मजदुरहरूलाइ बाहिरी काममा शोषण गर्छ जसबाट उसलाइ बाह्य कामदरलाइ दिनुपर्ने पैसा पनि बच्छ र घुस पनि खान पाउँछ। एण्डीले त्यो कालो धनलाइ आफ्नो नयाँ नाम र्यान्डल स्टिफन्सको प्रयोग गरेर वैध बनाउँछ। टोमी विलियम्सलाइ डकैतीको आरोपमा जेल हालिन्छ जहाँ उसको दोस्ती एण्डी र रेडसँग हुन्छ। एण्डी ले उसलाइ जी.इ.डी परीक्षा उत्तीर्ण गर्न सहयोग गर्छ। एकदिन टोमीले एण्डी र रेडका अगाडि यो खुलासा गर्छ कि अर्को जेलको उसैको(टोमीको) साथीले त्यो हत्याको जिम्मा लियो जसका लागि एण्डी ले सजाय व्यहोरी रहेको छ। यही विषयबारे कुरा गर्न एण्डी जब नर्टनसँग भेट्छ, नर्टनले यो कुरा सुन्नै मान्दैन तर जब एण्डी ले उसको कालो धनको वैधताबारे कुरा गर्न खोज्छ, एण्डी लाइ पुन सोलिटरी कन्फाइनमेन्टमा जाकिदिन्छ। नर्टन जेलबाट भाग्ने प्रयास गरेको भन्दै ह्याड्लीलाइ टोमीको हत्या गर्न लगाउँछ। एण्डीले 'मनी लन्ड्रिङ्' रोक्ने प्रयास गर्छ तर नर्टनको धम्कीका कारण पछाडी सर्छ। दुइ महिनापछी एण्डी लाइ सोलिटरी कन्फाइनमेन्टबाट रिहा गरिन्छ। एण्डी ले रेडका अगाडि जिहुआटनेओमा आफ्नो बाँकी जीवन व्यतित गर्ने मन भएको खुलासा गर्छ। रेडले एण्डीसँग कसम खान्छ कि 'कुनै दिन म जेलबाट छुटेँ भने, म बक्सटन जानेछु र मेरो लागि तिमीले छोडेको पार्सल लिएर तिमी भए ठाउँमा आउनेछु।' रेड एण्डीका लागि अत्यन्तै चिन्तित हुन्छ किनकी एण्डी ले जेलको एउटा साथीसँग एउटा ६ फिटको डोरी मागेर लिएको कुरा उसले थाहा पाउँछ। भोलीपल्ट जब सबै कैदीका कोठाको पर्यवेक्षण गरिन्छ, एण्डी को कोठा खाली भेटिन्छ। नर्टनले रिसले जब रिटा हेवर्थको पोष्टरमा ढुङ्गा हान्छ, उनिहरूलाइ यो कुरा थाहा हुन्छ कि १७ सालमा एण्डी ले उक्त पोष्टरको पछाडी आफू छिर्ने सुरूङ् खनेर भागेको हुन्छ।
भूमिकासम्पादन
- टिम रबिन्स ले एण्डी डुफ्रेनको भूमिका निभाएका छन्। :
एण्डी एउटा बैङ्कर हो जो आफ्नो श्रीमती र उसको ब्वाइफ्रेन्सको हत्या गरेको अभियोगमा जेल परेको हुन्छ।[१] - मोर्गन फ्रिम्यान इल्लिस बोइड "रेड" रेड्डिङ् को भूमिकामा पर्दामा देखिएका छन्।
- बब गन्टनले स्यामुएल नर्टनको भूमिका निभाएका छन्।
- विलियम स्याड्लर ले हेउडको अभिनय गरेका छन्।
- क्लेन्सी ब्राउन ले ह्याड्लीको अभिनय गरेका छन्।
- गिल बेलोज टोमीको भूमिकामा देखिन्छन्।
- जेम्स वाइटमोर लाइ ब्रुक्सको भूमिकामा देख्न सकिन्छ।
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedPhilosophyNow14