पूर्व मन्त्री दीपकुमार उपाध्याय लामिछाने कपिलवस्तु क्षेत्र नं. १बाट निर्वाचित नेपाली कांग्रेसका सभासद हुनुहुन्छ (हुनुहुन्थ्यो) । ५९ वर्षीय उपाध्याय २०४८ र २०४९ को संसदीय निर्वाचनमा कपिलवस्तु-२बाट विजयी हुनुहुन्थ्यो। उहाँ २०५६ को संसदीय निर्वाचनमा पनि नेपाली कांग्रेसका उम्मेदवार हुनुहुन्थ्यो। यस अघि २०३८ र २०४३ को राष्ट्रिय पञ्चायत निर्वाचनमा समेत उम्मेदवार रहेका उपाध्याय दुवै पटक ३२ हजारभन्दा वढी मत पाएर पनि पराजित हुनुभएको थियो। २०४६ सालमा नेपाली काङ्ग्रेस प्रवेश गरेका उपाध्यायले अर्थ राज्यमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको कार्यभार सम्हालिसक्नु भएको छ। हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य उपाध्याय काङ्ग्रेस विभाजित भएको वेला नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)मा हुनुहुन्थ्यो। राजनीतिक यात्रामा तीन पटक गरी उहाँले चार महीना जेल जीवन बिताउनुभएको छ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक उपाध्याय दुई छोरी र एक छोराका पिता हुनुहुन्छ। राजनीति बाहेक कृषि पेशामा संलग्न उहाँको रुचिको विषय धार्मिक साहित्यको अध्ययन र समाजसेवा हो। उहाँ रोटरी, रेडक्रस, रूपक स्मृति प्रतिष्ठान लगायत विभिन्न सामाजिक संस्थासँग आवद्ध हुनुहुन्छ। पत्र-पत्रिकामा उहाँका लेख रचना प्रकाशित हुँदै आएका छन्। आफ्नो क्षेत्रका मतदाताको अदम्य साहसका कारण नै आफू संविधानसभामा निर्वाचित हुन सकेको वताउने उपाध्यायले संविधानसभामा प्रमुखतासाथ उठाउने अठोट गरेका मुद्दा हुन्-

क. संपूर्ण नेपालीले गौरवसाथ आफूलाई नेपाली भन्न सक्ने वातावरणको सृजना,

ख. आर्थिक समृद्धितर्फ लाग्ने सुनिश्चित वातावरण। [१]

सन्दर्भ सम्पादन गर्नुहोस्