हुम्ला जिल्ला खार्पूनाथ गा.पा.५ दुर्पा निवासी दिपक बहादुर बुढा वहुप्रतिभाशाली व्यक्तित्व हुन्  । वाल्यकालमा पढाइमा जेहेन्दारको रुपमा कहलिएका बुढा अध्यापन कालमा पनि उत्कृष्ट शिक्षकको रुपमा ख्याति कमाइसकेका छन् । करिब १५ वर्षको अध्यापन पश्चात योजना निर्माणमा सक्रिय रहेका बुढा कर्णाली विकास आयोगको पूर्व सदस्य पनि हुन् । आयोगमा रहँदा छुट्टै प्रभाव छोड्न सफल बुढाले कर्णालीको एकीकृत विकास र कर्णालीमा एकीकृत आवासीय विद्यालय जस्तो महत्वपूर्ण क्षेत्रमा  अनुसन्धानको गरेका हुन् । उनकै अध्ययनका आधारमा कर्णाली प्रदेश सरकारले उक्त योजनाहरु कर्णाली प्रदेशमा कार्यन्वयन गरिरहेको छ ।  २०७६ सालमा काठमाडौं युनिभर्सिटी र आइडिया स्टुडियोले  नवीनतम् आइएटरहरु बीच गरेको प्रतिष्पर्धामा देशभरिका करिब ७०० जनालाई पछि पार्दै सोसल इम्प्याक्ट शीर्षकमा आइडिया च्याम्पियन पनि हात पारिसकेका छन् ।  लकडाउनको समय सदुपयोग गरेर अनुसन्धानमूलक कृति हप्तामा हेण्डराइटिंग पुस्तक प्रकाशन गरि सकेका छन् ।  नेपालमा  विभिन्न आइडिया भएका तर व्यवसाय गर्न नसकेकाहरुको आइडियालाई खरिद बिक्री तथा धितो राखेर उनीहरुलाई व्यवसायिक बनाउने उद्धेश्यले आइडिया वैंकको स्थापना गरिसकेको छन् । आइडिया बैंक नेपालका अध्यक्ष समेत रहेका बुढा अर्गानिक जोन रेष्टुरेण्ट तथा मौलिक भान्छाघरका संस्थापक सञ्चालक तथा निर्देशक हुन्  । कर्नालीको  प्रदेशका अर्गानिक उत्पादनहरुलाई कर्नाली बाहिर व्यवस्थित रुपले बिक्री गरेर कर्नालीको  बिम्ब बदल्ने उद्धेश्यले काठमाडौंमा  कर्नाली मार्ट सञ्चालन गरिरहेका छन् । कर्नाली प्रदेशको प्रकृति र संस्कृतिलाई प्रवद्र्धन गर्न व्यवस्त बुढाले कर्नालीको जेठो संस्कृति देउडालाई अन्तराष्र्टियकरण गर्नको लागि देउडा अर्गानिक साँझको परिकल्पनामात्र नभै कार्यक्रम पनि सञ्चालन गरिरहेका छन् । कर्नाली मार्टका समेत अध्यक्ष बुढा लेखन तथा पत्रकारिताको क्षेत्रमा पनि  त्यतिकै परिचत नाम हो ।  कर्नालीको  योजनाकार, आइडिया च्याम्पियन, हेण्डराटिंग विशेषज्ञ, लेखक, पत्रकार तथा अर्गानिक अभियान्ता दिपक बहादुर बुढा हाल संस्कृत विश्वविद्यालयबाट लोकतत्वमा विद्यावारिधि गरिरहेका छन् ।