दिगो विकास विनास विनाको विकास नै दिगो विकास हो । वर्तमानको आवश्यकता सम्झौता नगरिकन भावी पुस्ताको आवश्यकता पुर्ति गर्दै जानु दिगो विकास हो ।

वातावरण संरक्षणका लागि दिगो विकास महत्त्वपुर्ण मानिन्छ । दिगो विकासको ध्येय पृथ्वीका स्रोत साधन नास नगरी आर्थिक र सामाजिक विकास गर्नु हो । दिगो विकास सम्पुर्ण जिवित मानिसहरूको कल्याणमा केन्द्रित हुन्छ । विकास निर्माणमा वातावरण प्रतिकुल कार्य गरिए विकासबाट आशा गरिएका लक्ष्यसम्म पुग्न कठिन हुन्छ । त्यसैले दिगो विकासको महत्त्व निम्नानुसार छ:

  • स्रोत र साधनको उचित प्रयोग हुने भएकाले वातावरण संरक्षण र संवर्धनमा सहयोग पुग्छ ।
  • प्राकृतिक स्रोत र पशुपन्छी सम्बन्धमा हाम्रो दृष्टिकोणमा परिवर्तन आउने हुनाले यसले मानिसको दृष्टिकोण मा परिवर्तन ल्याइ दायित्वबोध गराउँछ ।
  • १)     मानव र प्रकृतिबीचको सम्बन्ध फलदायी, सकारात्मक र सहयोगी बनाउँदै विकास गर्न । २)     वर्तमानको आवश्यकता र चाहना परिपूर्तिका लागि भविष्यसँग सम्झौता नगर्न । ३)     प्राकृतिक स्रोत–साधनको सन्तुलित र बुद्धिमतापूर्ण प्रयोग गर्न । ४)     विकासका नीतिगत र कार्यगत निरन्तरता कायम राख्न । ५)     मानव स्रोतको विकास गर्न । ६­)     संस्थागत क्षमताको विकास गर्न । ७)     स्रोत–साधनको उपयोगमा नैतिकता र विवेकशीलता कायम राख्न । ८)     पृथ्वीले वहन गर्न सक्ने क्षमतालाई खलल नपर्ने गरी विकास गर्न ।
  • पारिस्थितिक पद्धति संरक्षण
  • जनसहभागिता
  • सम्पदा संरक्षण
  • जनसङ्ख्या व्यवस्थापन र वातावरण संरक्षण
  • समाजको दिगो बिकाश
  • पृथ्वीको बहन क्षमता भित्र रहने
  • मानवीय श्रोतको बिकाश
  • आर्थिक, सामाजिक, साँस्कृतिक विकासको र वातावरणको अन्तरसम्बन्ध
  • प्राकृतिक स्रोत साधनको मितव्ययी प्रयोग र संरक्षण