दयानन्द बज्राचार्य

नेपाली वैज्ञानिक

प्राध्यापक डा. दयानन्द बज्राचार्य (२००२-२०७०) नेपालका प्रसिद्ध बैज्ञानिक तथा लेखक थिए। उनलाई नेपालका प्रथम वनस्पतिशास्त्रीको रूपमा पनि चिनिन्छ।[१] नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का उपकूलपति बनेका बज्राचार्यले ३ दशक भन्दा बढी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए। बज्राचार्यले जर्मनको राइबर्ग विश्वविद्यालयबाट प्लान्ट साइन्समा विद्यावारिधि गरेका थिए।[२] निकै लामो समय त्रिभुवन विश्वविद्यालयमा बज्राचार्य वनस्पति विज्ञान विभागको विभागीय प्रमुख रहेका बज्राचार्य सोही विश्वविद्यालयको शिक्षाध्यक्ष सम्म बनेका थिए।

बज्राचार्य पछिल्लो समय स्तम्भ तथा पुस्तक लेखनमा सकृय थिए। उनले लेखेको एक काँटी सलाई, बैज्ञानिक गोरेटो, चेतनाको यात्रा लगायतका पुस्तक प्रकाशित छन्।

उनले धेरै विषयमा वैज्ञानिक खोज तथा अनुसन्धान गरेका छन् र दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलहरूमा अनुसन्धानमूलक लेखहरू लेखेका छन्। २००२ सालमा काठमाडौंको गणेशस्थानमा जन्मेका बज्राचार्यको २०७० कार्तिक २५ गते काठमाडौंको ओम अस्पतालमा निधन भयो।[१][२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ वनस्पतिविद् प्रा.डा बज्राचार्यको निधन, गोरखापत्र दैनिक वर्ष ११३, अंक १८३, 2070/07/26
  2. २.० २.१ प्राध्यापक दयानन्द बज्राचार्य रहेनन नेपाल वाणी

बाह्य कडीहरू सम्पादन गर्नुहोस्