थोकोपैस सुन्दर झरना हो । यो सोलुखुम्बुको महाकुलुङमा पर्छ ।

यो झरना करीब १३० मिटर अग्लो छ । थोकोपैस कुलुङ भाषी शब्दबाट नामकरण भएको हो । थोको भनेको भीरमौरीको मह काढ्न भीरमा जाँदा प्रयोग गरिने मालिङ्गोको सिँढी हो । र, पैस भनेको छुन जानु हो ।

किंवदन्तीअनुसार थोको प्रयोग गरेरमात्र यहाँको भीरमौरीको मह काढ्ने गरिन्थ्यो । मह काढ्ने ठाउँसँगै बग्ने झरनाको नाम थोकोपैस झरना रहन गएको हो । यसलाई लु सिस्को भनेर पनि चिनिन्छ । यसको अर्थ हो माछा तथा पाहा पनि झर्दा मर्छ भन्ने हुन्छ ।