त्रिभुवन पार्क
त्रिभुवन पार्क काठमाडौँको दक्षिणपश्चिम प्रवेशद्वार थानकोटमा रहेको छ ।[१]
काठमाडौँ उपत्यकाका मनोरम स्थानहरु मध्य त्रिभुवन पार्क पनि एक महत्त्वपूर्ण स्थानहरु मध्य पर्दछ । काठमाडौँ बासीहरु आफ्नो फुर्सदको समयमा शान्त वातावरणको खोजीमा यस स्थानमा जाने गर्दछन् । राजा त्रिभुवनको नामबाट नामांकन गरिएको यस पार्क पछिल्लो समयमा विभिन्न राजनीतिक गतिविधिका कारणले गर्दा यस पार्कको मर्मत सम्भार तथा सरसफाईको खासै ख्याल गरिएको देखिदैन ।
२०७२ सालको महाभूकम्पको असर यस पार्कलाई पनि पर्यो। उक्त भुकम्पले पार्कमा प्रमुख आकर्षणको रूपमा रहेको राजा त्रिभुवनको शालिक ढल्यो।