तेजेश्वरबाबु ग्वंगः वरिष्ठ संस्कृतिविद् तथा नेपाली निवन्धकार, लेखक तथा कवि हुन् । ग्वंगःकाे जन्म बुबा निरञ्जनलाल ग्वङ्ग र आमा शारदादेवी मल्ल ग्वङ्गको कोखबाट विक्रम संवत् १९९२ कात्तिक ७ गते कृष्णद्वादशीका दिन नेपालकै चर्चित साँस्कृतिक सहर भक्तपुरकाे खाैमा बज्रखाल चाेकमा भएकाे हाे । नेपाल सरकारकाे उपसचिवमा रहेर लामाे समय मुलुककाे सेवा गरेका ग्वंगः महाकवि लक्ष्मीप्रसाद देवकाेटाका चेला हुन् । ग्वङ्गले नेपाल मुलुकमा विकेन्द्रीकरण याेजना लागु गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।

तेजेश्वरबाबु ग्वंगः वरिष्ठ संस्कृतिविद्, लेखक तथा साहित्यकार हुनुहुन्छ ।
तेजेश्वरबाबु ग्वंगः(वरिष्ठ संस्कृतिविद्, लेखक तथा साहित्यकार)

परिचय सम्पादन गर्नुहोस्

जीवनी सम्पादन गर्नुहोस्

तेजेश्वरबाबु ग्वंगःको नामसँगै नेपाली साहित्यको सिर्जनामा निबन्ध, सांस्कृतिक निबन्ध, संस्कृति र कविता स्वतः आइहाल्छ । विशिष्ट स्रष्टाको रुपमा मात्र नभएर उहाँ स्थापित र सम्मानित स्रष्टाको रुपमा हुनुहुन्छ । सिर्जनाका तीनै क्षेत्रमा नेपाल, नेपाली र अङ्ग्रेजी भाषामा लेख्न र बोल्न सिद्धहस्त हुनुहुन्छ । तीनै भाषामा उहाँका पुस्तकहरु प्रकाशित छन् । छोटाछोटा वाक्यमा निबन्ध लेख्ने उहाँको विशेषता नै हो । निबन्धमा तेजेश्वरपन पनि हो उहाँको । वाक्यमा छोटा भए पनि अर्थमा भने लामा हुन्छन् । गम्भीर, प्रतीकात्मक, विम्बात्मक र काव्यात्मक हुन्छन् । तार्किकता, बौद्धिकता र दार्शनिकता उहाँका प्रत्येक निबन्धमा हुन्छन् । त्यसैले नेपाली निबन्धमा उहाँको नाम अग्रपङ्तिमा नै आउँछ । सांस्कृतिक निबन्धमा त उहाँको नाम झन् अगाडि आउँछ । उहाँ प्रत्येक चाडपर्व, रीतिरिवाज र परम्परालाई आजको समयसापेक्ष र विज्ञानसम्मत व्याख्या गर्न सक्नुहुन्छ । हाम्रा संस्कार र संस्कृतिलाई आध्यात्मिक, सामाजिक र दार्शनिक रुपमा बताउनसक्ने विद्वान् हुनुहुन्छ । आधुनिकताले विकृत बनाउँदै लगेका हाम्रा संस्कृतिलाई व्यापक अर्थमा संस्कारित बनाउने कार्यमा रेडियो, टेलिभिजन र पत्रपत्रिकामार्फत सक्रिय हुनुहुन्छ ।   उहाँ हालकाे निवास ‘निष्ठा छेँ’ सूर्यविनायक मार्गमा हाे । नेपाली साहित्यका अत्यन्तै अग्रजदेखि अनुजसम्मकाहरुले उहाँकाे ‘निष्ठा छेँ’मा उपस्थिति जनाएका छन् । कसैप्रति आस्था भएपछि मात्रै घरमा जाने गरिन्छ जो कोही पनि । स्वागत सम्मान पाइने दैलो नै रोज्छन् पाएसम्म सबैले । यस मामलामा पनि तेजेश्वरबाबु ग्वंगः सम्मान गर्न र माया गर्न जान्ने साहित्यसाधक हुनुहुन्छ साथीभाइलाई घरमा डाकेर खुवाउन मन पराउने । धर्मपत्नी धुर्वेश्वरी कायस्थ पनि झन् त्यस्तै हुनुहुन्छ । स्रष्टाहरुलाई सम्मान गर्ने संस्था नै बनाउनुभएको छ झण्डै तीन दशकअघि । साहित्यिक सम्मान सङ्गम –२०५० नामबाट उहाँले साहित्यकारहरुलाइ निरन्तर सम्मान गर्दै आउनुभएको छ । कविवर केदारमान व्यथितबाट गर्नुभएको थियो सम्मानको प्रारम्भ । शताब्दीपुरुष सत्यमोहन जोशी, राष्ट्रकवि माधव घिमिरे, कविवर केदारमान व्यथित, युगकवि सिद्धिचरण श्रेष्ठ, वालकृष्ण सम, लैनसिंह वाङ्देल, हृदयचन्द्रसिँह प्रधान, गोविन्द गोठाले, विजय मल्ल, भीमदर्शन रोका, कृष्णचन्द्रसिँह प्रधान, कमल दीक्षित, धुस्वाँ सायमी, माधवलाल कर्माचार्य, डा.तुलसी भट्टराई, डा.विष्णुविभू घिमिरे, माया ठकुरी, डा.अभि सुवेदी, पद्यमावती सिंह, भागीरथी श्रेष्ठ, डा.गोविन्दराज भट्टराईदेखि नयाँपुस्ताका सर्जकका पनि ‘निष्ठा छेँ’ हुन् ग्वंग निवास । अन्ठाउन्न सालमा राजासमेत पाहुना लाग्न आएकोे घर हो ग्वंगःकाे  घर । सेवा निवृत्त हुनुहुन्छ चौँतीस वर्षको सरकारी सेवापछि । देशका अधिकांश जिल्ला र धेरै देशको भ्रमण गर्नुभएको छ । पहिला नेपाली भाषा सिकाउन चौबिस सालमा जानुभो अमेरिका । पछि ३७ सालमा पढ्न र पढाउन जानुभो अमेरिका । वाककला र कार्यकलाले गर्दा जुन ठाउँ जिम्मा पाउँदा पनि उहाँ प्रिय कर्मचारी, प्रिय हाकिम भएर  नै बस्नुभएको थियो ।

तेह्र सालमा पहिलोपटक नै हेडमास्टरको जागिर खानुभएको थियो । तीन दिन हिँडेर सिन्धुपाल्चोकको ऐँसेलुखर्क मिडिल स्कुलमा एक मुरी धान र एकसय रुपियाँको जागिर । त्यसपछि सत्र सालमा पाउनुभो जिविस भक्तपुरमा खरदारको जागिर । नासु हुँदै उपसचिवसम्म इमान्दार र मेहनती भएर बिताउनुभो जागिरको समय । त्यसैले सधैँको हाइहाइ पाउनुभो । विकेन्द्रीकरणका लेखक, वत्ता र प्रशिक्षक हुनुभएकाले राजा महेन्द्र र वीरन्द्रसँगको सानिध्य रहेका छन् । अवकाशपछि पनि उच्चस्तरीय प्रशासन सुधार आयोग र जेसिस स्कुलको प्रधानाध्यपक भएर काम गर्नु भएकाे छ ।

कृतिहरू सम्पादन गर्नुहोस्

संस्कृतिका आयाम (निवन्ध सङ्ग्रह -२०५२)

संस्कृतिया पलं (नेपाल संवत - १११९)

अवकाशपछिकाे आकाश (निवन्ध सङ्ग्रह -२०६७)

चराकाे गुँडझैं जन्मस्थल-मेराे भक्तपुर (कविता सङ्ग्रह -२०७१)

औकातभरिकाे साैगात (निवन्ध सङ्ग्रह -२०७३)

रङ्ग अभिज्ञान (निवन्ध सङ्ग्रह वेब्याक मेसिन अभिलेखिकरण २०२३-०४-२५ मिति -२०७४)