तिएन क्वान का (भियतनामी: Tiến Quân Ca), सन् १९४४ मा, भ्यान काओले लेखेका वा रचना गरेका समाजवादी गणतन्त्र भियतनामको राष्ट्रिय गान हो। तिएन क्वान कालाई सन् १९४५ मा, उत्तरी भियतनामको राष्ट्रिय गानको रूपमा अपनाइएको थियो र उत्तर भियतनाम र दक्षिण भियतनाम युद्धको अन्त्य र दुबैको एकीकरण पछि सन् १९७७ मा नयाँ एकीकृत समाजवादी गणतन्त्र भियतनामको राष्ट्रिय गानको रूपमा यसलाई अपनाइएको थियो। यसका दुई पदहरू भएता पनि यसको पहिलो पद मुख्यतया गाईन्छ।

तिएन क्वान का

 भियतनाम
उत्तरी  भियतनाम पूर्वको राष्ट्रिय गान
लेखकभान काओ, सन् १९४४
सङ्गीतभान काओ, सन् १९४४
लागूसन् १९४६ (उत्तरी भियतनामले)
सन् १९७६ (भियतनामले)
निलम्बनसन् १९७६ (उत्तरी भियतनाम)
सङ्गीत नमूना
noicon
noicon

इतिहास सम्पादन गर्नुहोस्

यसको गीत र शीर्षक भान काओको अघिल्लो कामहरू, "थाङ लङ"मा आधारित थियो।[१] गीतहरूको भाग पनि यसको प्रारम्भिक चरणहरूमा फरक थियो र यो १९४० को दशकको सुरूमा असङ्ख्य परिवर्तनहरू हुँदै आएको थियो।[२][३]

शब्द परिवर्तन तथा समाप्ति सम्पादन गर्नुहोस्

तिएन क्वान काको रचनाको केही समय पछि धेरै परिवर्तनहरू भएको थियो। उदाहरणको लागी, पहिलो वाक्य "ड्वान क्वान भियत नाम दि" मूल रूपमा "ड्वान क्वान भि मिण्ट मिन्ह दि" रहेको थियो।[२] गीतको छैठौं अंश पनि मूल रूपमा "दि फन्हा थे योङ माउ क्वाज थु" रहेको थियो जसले फ्रान्सेली औपनिवेशिक र अनिकाल कार्यहरूको क्रूरता व्यक्त गरेको थियो।[३][४] धेरैले दिएका सुझाव पछि, भान काओले यसलाई "डुरोङ भिन्ह क्वाङ छे छे क्वान थु" मा परिवर्तन गरेका थिए।[२]

अन्तिम वाक्य "तिएन लिन! चेङ टियान ले! छि त्र ल नोई डे योर्क न्युजेन लाई "नोई सङ भियत नाम ता भ्रुम बेन" मा परिणत गरिएको थियो तर यो प्रकाशित भए पछि यसलाई "एन नक नन भियत नाम ता भ्रुङ बेन" मा परिणत गरिएको थियो जसमा भान काओले टिप्पणी गरेका थिए।[५]

काम समाप्त भएपछि, भान काओले भेटे र भु क्वाईलाई भेट्दै गीत गाउन लगाएका थिए। भु क्वाई आफ्नो काममा एकदमै खुसी भएका थिए र नोभेम्बर १९४४ मा भान काओले लिथोग्राफ सहित "टियान क्वान का" कागजातमा प्रकाशित गरेका थिए।[५]

१७ अगष्ट १९४५ मा, गीत पहिलो पटक हनोईमा निजामती कर्मचारीहरूको एउटा जुलुसमा भेट मिन्हको झण्डा मुनि विद्यावारिधि गरेका मानिसहरूद्वारा गाइएको थियो।[६][७]

राष्ट्रिय गानको रूपमा सम्पादन गर्नुहोस्

१३ अगष्ट १९४५ मा हो चि मिन्हले तिएन क्वान कालाई आधिकारिक रूपमा लोकतान्त्रिक गणतन्त्र भियतनामको राष्ट्रिय गानको रूपमा मान्यता दिन अनुमोदन गरेको थियो।[५]

२ सेप्टेम्बर १९४५ मा, बा डिन्ह स्क्वायरमा स्वतन्त्रता घोषणाको दिनमा आधिकारिक जुलुस डिन्ह न्याक लिइनद्वारा स्वतन्त्र सेनाको समूहद्वारा प्रदर्शन गरिएको थियो। प्रदर्शनको अघिल्लो दिन, सङ्गीतकार डिन्ह नोगोक लायन, नुगुएन हु ह्यु, र भान काओले "तिएन क्वान का" मा दुई शब्दहरू परिवर्तन गर्नका लागि छलफल गरेका थिए।[८]

सन् १९४७ मा, पहिलो राष्ट्रिय सम्मेलनले आधिकारिक रूपमा "तिएन क्वान का" लाई राष्ट्रिय गानको रूपमा मान्यता दिएको थियो। प्रजातान्त्रिक गणतन्त्र भियतनाम पहिलो संविधानको धारा ३ ले यसलाई राष्ट्रिय गानको बारेमा प्रत्यक्ष रूपमा बताएको छ। [९][१०]

सन् १९५५ मा, पहिलो राष्ट्रिय सम्मेलनको ५ औँ सत्रले लेखकहरूलाई गीतको अर्को सम्पादनमा भाग लिन आमन्त्रित गर्ने निर्णय गरेको थियो। गीतको "वीर भावना" सम्पादन गरिए पछि हराइसकेका कारण भान काओ पछुताएका थिए।[१]

सन् १९७५ पछि , दक्षिण भियतनामको सरकार पतन भएको थियो , र २ जुलाई, १९७६ मा दक्षिण भियतनाम गणतन्त्रको अस्थायी क्रान्तिकारी सरकार (प्राय जसो सामान्य अवस्थामा, " भियतनाम कङ " भन्ने वाक्यांशले यसलाई बुझाउँदछ) र लोकतान्त्रिक गणतन्त्र भियतनामको नयाँ समाजवादी गणतन्त्रमा पुनर्मिलन हुन सहमत भएका थिए।[११]

तिएन क्वान का राष्ट्रिय गानको रूपमा छानिएको थियो। सन् १९८१ मा , नयाँ राष्ट्रिय गानको लागि प्रतियोगिता खोलिएको थियो र जसको बारेमा कहिँपनि उल्लेख गरिएको छैन। यस प्रतियोगिताको परिणामको बारेमा कुनै आधिकारिक बयान रहेको छैन। यसप्रकार, "तिएन क्वान का" भियतनामको राष्ट्रिय गानको रूपमा आज सम्म पनि रहिरहेको छ।

८ जुलाई २०१६ मा, भान काओका जेठो छोरा पेन्टर भान थाओले, उनी र उनको परिवारले आफ्नो बाबुको अन्तिम इच्छाको रूपमा उनीहरूको देश र मानिसहरूलाई गीत दान दिन लागेको कुराको पुष्टि गरेका थिए। परिवारका सबै कानुनी उत्तराधिकारीहरूले हस्ताक्षर गरेको पत्रमा परिवारले यो गीत नि: शुल्क प्रयोगको लागि दान गर्ने बताइएका थिए। [१२]

१५ जुलाई २०१६ मा, भानु काओका परिवारका सदस्यहरूले अर्पण गरेका राष्ट्रिय गान ग्रहण गर्न राष्ट्रिय सम्मेलन कार्यालयले हनोईमा एउटा समारोहको आयोजना गरेको थियो।[१३][१४][१५][१६]

प्रतिलिपी अधिकार सम्पादन गर्नुहोस्

दानको केही समय पछि भियतनामको सङ्गीत संरक्षण केन्द्रले, भान काओको परिवारले "उपहार" प्रदान गर्ने प्रस्तावलाई ध्यान नदिई राष्ट्रिय गानलाई प्रतिलिपि अधिकार संरक्षणमा राख्ने बताएको थियो।[१७][१८]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "VietNamNet", Vnn.vietnamnet.vn, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१७ 
  2. २.० २.१ २.२ "Không tìm thấy nội dung này - Báo điện tử Tiền Phong", Tienphong.vn, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१७ 
  3. ३.० ३.१ "Chủ tịch Hồ Chí Minh với bài Quốc ca Việt Nam", Old.bqllang.gov.vn, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १५ अगस्ट २०१४ मिति
  4. "Archived copy", मूलबाट २००९-०९-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-१२-१०  वेब्याक मेसिन अभिलेखिकरण २००९-०९-०७ मिति
  5. ५.० ५.१ ५.२ "Archived copy", मूलबाट २०१६-१२-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-१२-१० 
  6. Bài Tiến Quân Ca, hồi ký Văn Cao trên tạp chí Sông Hương số 26, tháng 7 năm 1987
  7. "Nhân Văn Giai Phẩm - phần XIII : Văn Cao", Viet.rfi.fr, ११ अप्रिल २०१०, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २७ डिसेम्बर २०११ मिति
  8. "Bộ Kèn đồng của Ban nhạc Giải phóng quân đã cử hành Tiến quân ca trong ngày độc lập", Btlsqsvn.org.vn, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१७ 
  9. "Quốc ca Nước Cộng hoà xã hội chủ nghĩa Việt Nam", Cpv.org.vn, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१७ 
  10. [१]
  11. "Archived copy", मूलबाट २०१४-०४-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-१२-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-२७ मिति
  12. [२] वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-२० मिति
  13. "Lễ tiếp nhận bài “Tiến quân ca” và truy tặng Huân chương Hồ Chí Minh của Chủ tịch nước cho cố nhạc sĩ Văn Cao", Cov.gov.vn, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१७ 
  14. "Composer’s family presents national anthem to State, people", En.vietnamplus.vn, १६ जुलाई २०१६, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१७ 
  15. "Composer’s family presents national anthem to State, people", English.von.vn, १६ जुलाई २०१६, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१७ 
  16. "Gia đình cố nhạc sĩ Văn Cao hiến tặng bài ‘Tiến quân ca’", Vnexpress.net, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१७ 
  17. "Vietnam national anthem gets under copyright protection", Thanhniennews.com, २१ अगस्ट २०१५, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २ सेप्टेम्बर २०१७ मिति
  18. "Vietnam: Family seeks royalties for national anthem", बिबिसी, २८ अगस्ट २०१५, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:एसियाका राष्ट्रिय गानहरू