1. सताब्दी को एक परिकल्पना

यो एक्काइसौँ शताब्दी हो । अहिले संसार अचम्मैसँग बद्लिएको छ । यति धेरै फैलिएको यो संसार पनि सानो भइसकेको छ । सानो छँदा टेबलमाथि राखिएको पृथ्वीको डल्लोलाई म खुब घुमाईघुमाई हेर्ने

गर्थें । ईंटको आकारको नेपालसँगै भारत, चीन, रुस र अरू थुप्रै देशहरूका नामहरू पढ्दै जान्थेँ म । मेरो सानो चेतनामा त्यो भकुण्डो जस्तो गोलो पृथ्वीका उर्द्धरेखा र समानान्तर रेखा अनि नीलो जलराशिको पृष्ठभूमिमा माकुराको जालोजस्ता किरमिर कोरिएका देशहरूका अनेक आयतनका नक्साहरूले मलाई आकषिर्त गर्थ्ो ।

संसार जतिजति नौलो स्वरूप लिएर प्रस्तुत भइरहेछ यहाँका मानिसहरूको जीवनशैली पनि त्यतिकै द्रुतगतिले फरकफरक भइरहेको छ । प्रत्येक पुस्ताले आफूले भोगेका र देखेका कुराहरू बदलिएकै निष्कर्ष निकाल्छन् । तीन-चार पुस्ताको फरकलाई औसत व्यक्तिहरूले अनुभव गरिरहेका छन् । पहिलो पुस्ता भन्छ- हाम्रो पालामा यस्तो थियो, उस्तो थियो । उनीहरू वर्तमानमा भोग्नु परेको परिस्थितिलाई असहज ठान्छन् भने पछिल्लो पुस्ता आफूले बिताइरहेको समय स्वाभाविक हो र बितेको कुरा केवल एक कथिएको वर्णन हो भन्ने ठान्छन् । यो क्रम प्रत्येक पुस्ताको लागि यस्तै हास्यास्पद पदावली टेकेर अघि बढ्छ, स्वाभाविक हो । हामी आफँै पनि भन्ने गर्छौं हाम्रो पालामा यस्तो थियो, अहिले यस्तो भयो इत्यादि । यसप्रकारका यस्तो थियो र यस्तो भयोका अन्तरमा हामीले भोगेका भोगाइहरू पनि त कम चाखलाग्दा छैनन् ।

टेलिभिजनको पर्दामा आजकल देखिने एउटा विज्ञापनले मेरो ध्यान खुब तानेको छ । एउटी युवती पसिनाले लथपथ हुँदै, आँसु चुहाउँदै, तर्तरी नाक पारेर निसासिँदै पाखुराले निधार र आँखा छोप्न खोज्छे । उसका हातहरू ओख्लीमा कुटेको खुर्सानीको रागले रङ्गिएका हुन्छन् । तुरुन्तै दृश्य बदलिन्छ । बिजुलीले चल्ने भाँडामा राता खुर्सानीका ढिँडीहरू तँछाड मछाड गर्दै बररर उपि|mन्छन् र धूलोपीठो भएर पछारिन्छन् । युवती खुर्सानीको त्यो अभूतपूर्व गति हेरेर मुस्काइरहन्छे । नेपथ्यबाट आवाज आइरहन्छ “यो हो साधारण जिन्दगी, यो हो एक्सप्रेस जिन्दगी” ।

यो विज्ञापनले मलाई खुब आकषिर्त गरेको छ । अहो, कति सरल जीवन पारिदिन्छन् आधुनिक उपकरणहरूले विज्ञापनको भाषामा जिन्दगी नै एक्सप्रेस भइदिन्छ तर साधारण जिन्दगी कति कष्टपूर्ण छ, देखिहाल्नुभयो । विज्ञापनका थरिथरिका प्रस्तुतिहरू केवल उपभोक्तालाई आकर्षणको लागि तयार गरिन्छन् । व्यापारको धर्म पनि त्यही नै हो । आफ्नो उत्पादनलाई कसरी आकर्षक बनाउने र बढीभन्दा बढी बिक्री गर्ने भन्ने कुरा न हो तर पनि जीवनलाई जोडेर बनाइएको यो दृश्य र यी शब्दहरूले मलाई साँच्चै छोएका छन् । के जिन्दगी वास्तवमा नै त्यति साधारण वा एक्सप्रेस हुन सक्छ र ? म आफूलाई त्यहाँ उभ्याउँछु र निक्र्योल गर्न खोज्छु- म कतापट्ट िपर्छुहोला भनेर-साधारण जिन्दगीको उहापोहमा अथवा एक्सप्रेस जिन्दगीको कित्तामा । साधारण जिन्दगी भनुँ भने आफूलाई आधुनिक उपकरणको आकर्षण र प्रयोगको उपभोक्ता भइसकेको पाउँछु । एक्सप्रेस जिन्दगी भनुँ भने लाग्छ म साधारण जिन्दगीको मोहलाई त्याग्नै सक्दिनँ । के छ होला त साधारण जिन्दगीको आकर्षण ?


User:sagar khatiwada (User talk:speedy sharma/कुरा गर्ने) 14:55,June102014(युटिसी(UTC))