अबखाजिया, गणतन्त्र अब्खाजिया र जर्जियाको क्षेत्रीय विवादको विषय हो। अबखाजिया गणतन्त्रले २३ जुलाई १९९२ मा एकमत भएर स्वतन्त्रताको घोषणा गरेको थियो तर जर्जियाले यसलाई आफ्नै सार्वभौम क्षेत्रको भागको रूपमा दाबी गरिरहेको छ र यसलाई रूसले कब्जा गरेको इलाकाको रूपमा नामाकरण गरेको छ। अबखाजियाले संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये ७ राष्ट्रबाट स्वतन्त्र राज्यको रूपमा औपचारिक मान्यता प्राप्त गरेको छ। तीमध्ये १ ले पछि आफ्नो मान्यता फिर्ता लिएको छ।