ढाँचा:श्रीरामानुज सत्संग आश्रम
श्रीरामानुज सत्संग आश्रम SriRamanuja Satsanga Aashram | |
---|---|
श्रीरामानुज सत्संग आश्रम सुनसरी जिल्ला मा पर्ने एउटा प्रसिद्ध धार्मिक स्थल हो। कोशी नदी को शाखा नहरको किनारमा यो स्थल रहेको छ। यस पुण्य स्थलमा वर्षै पिच्छे श्रीमद्भागवत महापुराण, श्रीमद्विष्णु महापुराण, श्रीमद्वाल्मिकीय रामायण, श्रीमद्भगवद्गीता आदि सद्ग्रन्थहरूको कथा- प्रवचन, पाठ-पारायण आदि हुँदै आएको छ। यहाँ हरेक वर्ष पौष महिना भर श्रीधनुर्मास व्रत कथा पारायण गरिन्छ। एकादशी, श्रीवामन द्वादशी, श्रीमन्नृसिंह चतुर्दशी, श्रीकृष्ण जन्माष्टमी, श्रीराम नवमी आदि समयमा श्रीभगवानको धुमधामले उत्सवादि गर्ने गरिन्छ। यस क्षेत्रलाई जगेर्ना गर्न सके वैदिक सनातन हिन्दू धर्मको संरक्षणमा टेवा पुग्ने थियो। ॥श्रीरस्तु॥ |