अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भवन

भ्रष्टाचार नियन्त्रणको लागी नेपालको संवैधानिक निकायको रूपमा स्थापित संस्था हो । यस संस्थाको शुरूवात नेपालको संविधान २०१९ को दोश्रो संशोधन २०३२ को अनुरूप अख्तियार दुरुपयोग निवारण आयोगको रूपमा भएको हो । यस आयोगमा एक प्रमुख आयुक्त, पाँच आयुक्त तथा संस्थाको सचिवको रूपमा नियुक्ति हुने व्यवस्था रहेको छ । यस आयोगले कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ तथा विशेष अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था रहेको छ । (पूरा  पढ्नुहोस्...)