अन्तरराष्ट्रिय महिला दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१०मा महिलाहरूलाइ मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाइ अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०१३ मा आइपुग्दा बिश्वभर १०३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो मार्च महिना भर नै मनाइने छ । (पूरा लेख...)