ड्रप डट आइओ एक अनलाइन फाइल साझेदारी सेवा थियो। यसले प्रयोगकर्ताहरूलाई द्रुत "ड्रप" सृजना गर्न अनुमति दिन्थ्यो, जसमा कुनै पनि प्रकारको फाइलहरू समावेश हुन सक्दछन् जसलाई इण्टरनेट , इ-मेल , फोन, फ्याक्स, र विजेटहरू मार्फत पहुँच गर्न सकिन्छ।[१][२]  सेवाको प्रयोग गर्नका लागि प्रयोगकर्ताहरूलाई खाता खोल्न आवश्यक पर्दैन र जबसम्म सृजनाकर्ताले सृजित ड्रपहरूलाई साझा नगरेसम्म सृजना गरिएका प्रत्येक ड्रप निजी रूपमा रहन्थे।  ड्रप डट आइओलाई सन् २००९ को टाइम पत्रिकाको ५० सर्वश्रेष्ठ वेबसाइटहरू र सिनेट वेबवेयर १०० मा नामकरण गरिएको थियो।

ड्रप डट आइओ
उपलब्ध भाषाअङ्ग्रेजी
मुख्यालयहरूब्रोक्लेन, न्युयोर्क
मालिकफेसबुक
उद्योगप्रविधि
युआरएलड्रप.आइओ
वर्तमान स्थितिनिस्क्रिय, सन् २०११

२९ अक्टोबर २००९ मा, ड्रप डट आइओले कम्पनी फेसबुकद्वारा खरीद गरिएको र सेवा छिटै बन्द हुने घोषण गरेको थियो। [३]

साम लेसिन, उक्त वेबसाइटका सह-संस्थापक, फेसबुकमा सर्ने पक्का भएको थियो। १५ डिसेम्बर २०१० मा, साइटलाई पूर्णरूपमा निष्कृय पारिएको थियो र नोभेम्बर २०११ मा यसको ब्लगलाई पनि  बन्द गरिएको थियो।

उत्पादनहरू सम्पादन गर्नुहोस्

ड्रप डट आइओको नि: शुल्क उत्पादनले १०० मेगाबाइटको भण्डारण प्रदान गरेको थियो। प्रयोगकर्ताहरूले वार्षिक शुल्कको लागि २५ गीगाबाइट भण्डारण सम्ममा स्तर उन्नति गर्न सक्दछन्। ड्रप डट आइओ थप रूपमा व्यवसाय र शिक्षा उन्मुख सेवाको प्रस्ताव गरेको थियो जसलाई प्रबन्धक भनिन्छ जसको उद्देश फाइल साझेदारीको लागि एफटिपि प्रणालीहरूको प्रतिस्थापन गर्नु हो।

इतिहास सम्पादन गर्नुहोस्

ड्रप डट आइओलाई अगष्ट २००७ मा साम लेसन र दर्शन सोमाशेकरद्वारा स्थापित गरिएको थियो।[४] कम्पनीका कार्यालयहरू मूल रूपमा म्यानहट्टन , न्यू योर्क सहरमा अवस्थित थिए भने यसको प्रधान कार्यलयलाई ब्रोकलिनको डम्बोमा स्थानान्तरण गरिएको थियो।[५]

ड्रप डट आइओलाई साउथ बाई साउथ वेष्टको ११ औँ वार्षिक वेब पुरस्कारमा प्राविधिक उपलब्धि पुरस्कारको लागि नामकरण गरिएको थियो। [६]

ड्रप डट आइओ र स्क्राइब्डले, एक साझेदारी गर्ने घोषणा गरेका थिए जसको उद्देश निजी "ड्रपहरू"  समृद्ध रूपान्तरण र अवलोकनको प्रस्ताव गर्नु, मानिसहरूलाई निजी जानकारी अनलाइन साझेदारी गर्न सजिलो बनाउनु थियो।[७][८][९] सन् २००८ सम्म, प्रयोगकर्ताहरूले ड्रप डट आइओ धेरै सामाजिक सञ्जाल साइटहरूमा फेला पार्न सक्छन् जसमा फेसबुक र टुइटर समावेश छ।[१०]

मार्च २००७ र नोभेम्बर २००९ को बीचमा, ड्रप डट आइओले उनीहरूको मञ्चमा जारी गरेको थियो।[११][१२]

सेप्टेम्बर २००८ मा, ड्रप डट आइओले एक धेरै साधारण एपिआईको जारी गरेको थियो जसले अन्य अनुप्रयोगहरूलाई उनीहरूको आफ्नै अनुप्रयोगहरूमा ड्रप डट आइओको फाइल साझेदारी क्षमताको प्रयोग गर्न अनुमति दिन्छ।[१३]

धेरै प्रारम्भिक अनुप्रयोगहरू निर्माण गरिएको थियो जसमा युसेण्ट डट आइओ (एक साधारण फाइल साझेदारी अनुप्रयोग जस्तै सेण्डइड वा यु सेण्ड इट) समावेश थियो।[१४] आर्स टेक्निकाले एपिआईमा पहिलो पूर्ण रूपमा सञ्चालित तेस्रो पक्षीय अनुप्रयोगको निर्माण गरेको देखिन्छ। [१४]

नोभेम्बर २००७ मा, ड्रप डट आइओले एक प्रमुख बनोट ओभरहलको जारी गरेको थियो जसले उत्पादनको अगाडिको भागलाई पूर्ण रूपमा परिवर्तन गरेको थियो।[१५][१६] तथापि, यसले आफ्नो प्रमुख सेवालाई कायम राखेको थियो।

डिसेम्बर २००८ मा, फेसबुक जडान एकीकरणको जारी गर्ने ड्रप डट आइओ पहिलो सेवाहरू मध्ये एक थियो जसले प्रयोगकर्ताहरूलाई ड्रपमा गरेको कुनै पनि अद्यावधिकहरू सीधै उनीहरूको फेसबुकमा प्रकाशित गर्न अनुमति दिन्थ्यो।[१७]

जनवरी २००९ मा, ड्रप डट आइओले, ड्रप डट आइओ प्रबन्धक नामक एक व्यवसायीक उत्पादनको विस्तार सुरू गरेको थियो जसले प्रयोगकर्ताहरूलाई पूर्व-अनुकुलित र ब्राण्ड ड्रपको लागि ढाँचाहरूको सृजना गर्न अनुमति दिएको थियो।[१८]

मार्च २००९ मा, ड्रप डट आइओले प्लेलिष्ट डट आइओको सुरुवात 'एपलेट्स' को शृङ्खला मार्फत गरेको थियो।[१९][२०][२१]

फेब्रुअरी २००९ र मे २००९ बीचमा, ड्रप डट आइओले एक्सएमपिपिको प्रयोग गरी यसको फाइल साझेदारी मेरूदण्डको वास्तविक-समय सुविधाहरूलाई एकीकृत गर्न सुरुवात गरेको थियो। [२२]

यसले सुरूमा वार्ता कार्यक्षमता र फाइलहरूको वास्तविक समयको प्रवाह समावेश गरेको थियो र यसले मे महिनामा वेबमा प्रस्तुतीकरण ढाँचा समावेश गर्न विस्तार गरेको थियो।

प्रमुख व्यक्तिहरू सम्पादन गर्नुहोस्

  • स्याम लेसिन, प्रमुख कार्यकरी अधिकृत
  • क्रिष्टिन हनसिकर, प्रमुख सञ्चालन अधिकारी
  • स्टिभन ग्रिनउड, व्यापार विकासका उपाध्यक्ष 
  • ज्याकोब रोबिन्स, विकासका प्रमुख 
  • लि अजारेलो, प्रणाली वास्तुकार

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Fisher, Adam (२००९-०८-२४), "drop.io - 50 Best Websites 2009", TIME, अन्तिम पहुँच २०१०-१०-१४  वेब्याक मेसिन अभिलेखिकरण २०१०-१०-०८ मिति
  2. "Webware 100 winner: Dropio | Webware100 - CNET", News.cnet.com, २००९-०५-१९, अन्तिम पहुँच २०१०-१०-१४ 
  3. "Facebook Acquires Simple File-sharing Service Drop.io" 
  4. SXSW web finalists वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर १७, २००८ मिति
  5. Kincaid, Jason, "Drop.io Adds Scribd's iPaper For Smoother File Browsing - TechCrunch", अन्तिम पहुँच १४ जुलाई २०१७ 
  6. Portfolio: praise to the open web and harvard
  7. "drop.io", static.drop.io, अन्तिम पहुँच १४ जुलाई २०१७  वेब्याक मेसिन अभिलेखिकरण २७ अगस्ट २०११ मिति
  8. Glazowski, Paul, "Drop.io Releases Drag-and-Drop Magic for Firefox 3 Users", Mashable, अन्तिम पहुँच १४ जुलाई २०१७ 
  9. Pash, Adam, "Drag & Drop.io Makes Sharing Files Dead Simple", अन्तिम पहुँच १४ जुलाई २०१७  वेब्याक मेसिन अभिलेखिकरण १४ अगस्ट २०१७ मिति
  10. "Drop.io adds API, sample apps to "digital switchboard"", अन्तिम पहुँच १४ जुलाई २०१७ 
  11. "download squad send files fast with usend.io", अन्तिम पहुँच १४ जुलाई २०१७  वेब्याक मेसिन अभिलेखिकरण १६ अक्टोबर २०१९ मिति
  12. Purdy, Kevin, "uSend.io Makes Semi-Big File Sharing Ludicrously Simple", अन्तिम पहुँच १४ जुलाई २०१७  वेब्याक मेसिन अभिलेखिकरण ५ नोभेम्बर २०१२ मिति
  13. "Tech Insider", Business Insider, अन्तिम पहुँच १४ जुलाई २०१७ 
  14. १४.० १४.१ "Adweek", www.allfacebook.com, अन्तिम पहुँच १४ जुलाई २०१७  वेब्याक मेसिन अभिलेखिकरण १८ जनवरी २०१० मिति
  15. "drop.io", manager.drop.io, अन्तिम पहुँच १४ जुलाई २०१७  वेब्याक मेसिन अभिलेखिकरण २४ मार्च २०१७ मिति
  16. "Hands On with the New Drop.io Manager", अन्तिम पहुँच १४ जुलाई २०१७ 
  17. "playlist.io", अन्तिम पहुँच १४ जुलाई २०१७ 
  18. "Adweek", www.socialtimes.com, अन्तिम पहुँच १४ जुलाई २०१७  वेब्याक मेसिन अभिलेखिकरण १९ मे २००९ मिति
  19. Erick Schonfeld May 14, 2009 (२००९-०५-१४), "Drop.io Adds Seamless Screen-Sharing App With Present.io", Techcrunch.com, अन्तिम पहुँच २०१०-१०-१४ 
  20. McCarthy, Caroline (२००९-०३-१०), "Dropio jumps into 'the stream,' goes real-time | The Social - CNET News", News.cnet.com, अन्तिम पहुँच २०१०-१०-१४ 
  21. Jennifer Van Grove View Comments (२००९-०५-१४), "Present.io: Dead Simple Web-Based Presentations", Mashable.com, अन्तिम पहुँच २०१०-१०-१४ 
  22. September 10th, 2009 at 9:03 am by AndrewM (२००९-०९-१०), "Attach up to 100MB or rich media files to your emails", Ymailblog.com, मूलबाट २०१०-११-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-१०-१४  वेब्याक मेसिन अभिलेखिकरण २०१०-११-२३ मिति