डीन

(१) डीन संकायमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुनेछ ।

(२) डीनको नियुक्ति कार्यकारी परिषद्बाट हुनेछ ।

(३) डीनको पदावधि चार वर्षको हुनेछ ।

(४) डीनको काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।

(५) डीनको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तोकिएबमोजिम हुनेछ ।