डिजी सिमेन्ट (उर्दु: ڈی جی سیمنٹ ) एक पाकिस्तानी निर्माण सामग्री कम्पनी हो जुन निशात समूहको स्वामित्वमा रहेको छ।[४] यो पाकिस्तानको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो, जसको उत्पादन क्षमता १४,००० टन रहेको छ। कम्पनीको प्रधान कार्यालय भने कराचीमा रहेको छ। [५]

डिजी सिमेन्ट
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपढाँचा:कराची सेयर बजार
स्थापित१९८६; ३८ वर्ष अघि (१९८६)[१]
केन्द्रीय कार्यालयलाहोर, पाकिस्तान
मुख्य व्यक्ति
मियाँ मुहामद मान्सा
राजश्व४०.३८ अर्ब[२]
मूल सङ्गठननिशात समूह (४८.९%)[३]
वेबसाइटwww.dgcement.com

कम्पनीका देशमा तीन सक्रिय उत्पादक केन्द्र रहेका छन् जुन खैरपुर, चकवाल, डेरा गाजी खान र हब, बलुचिस्तानमा रहेका छन्।[५]

सन् १९९२ मा निशात समूहले निजीकरण योजना अन्तर्गत कम्पनीको अधिग्रहण गरेको थियो।[१][६] डेरा गाजी खान सिमेन्टको छोटो रूप डिजी खान सिमेन्ट हो। यो तथ्यकन साथ दक्षिणी सञ्जाब सहर डेरा गाजी खानमा पहिलो उत्पादक केन्द्रको स्थापना गरिएको थियो। [१]

इतिहास सम्पादन गर्नुहोस्

कम्पनी सन् १९८६ मा पाकिस्तानमा सिमेन्टको आवश्यकता पूरा गर्नका लागि सुरू गरिएको थियो। उपकरण तथा यन्त्रहरू जापानको उबे उद्योगले आपूर्ति गरेको थियो।[७] प्रारम्भमा, यो पाकिस्तानको सिमेन्ट निगम अन्तर्गत सरकारी स्वामित्वको कम्पनी थियो जसले हजारौं मानिसहरूलाई रोजगारी प्रदान गरेको थियो।[७] कम्पनीले दक्षिणी पञ्जाबको सहर डेरा गाजी खानमा उनीहरूको पहिलो सक्रिय उत्पादक केन्द्रको स्थापना गरेको थियो र यसले उनीहरूको उत्पादनलाई प्रवर्द्धन गरेको थियो।[७] यो सिमेन्ट उद्योगको स्थापनमसँगै पञ्जाब, पाकिस्तानको दक्षिणी क्षेत्रको औद्योगिकरण गर्ने पहिलो चरण थियो। त्यसपछि उनीहरूले दोस्रो उत्पादन केन्द्र खैरपुर, चकवालमा स्थापना गरेका थिए। यसले तिनीहरूको उत्पादन क्षमता बढाएको थियो र यो पाकिस्तानको उत्कृष्ट प्रदर्शन गर्ने सिमेन्ट कम्पनीहरू मध्ये एक बनेको थियो।[५]

विस्तार सम्पादन गर्नुहोस्

पाकिस्तानसँग सिमेन्ट उद्योगको आकर्षक बजार रहेको छ। सन् २०१५ मा, यो सिमेन्टको स्थानीय माग एक वर्षमा १२% बढेको जनाइएको थियो थियो र यसैले डिजी खान सिमेन्टले उनीहरूको क्षमता बढाउने निर्णय गरेका थिए। सक्रिय निर्माण उद्योगका कारण पाकिस्तानी सिमेन्टको मागहरू समयसँगै तिव्र रूपमा बृद्धि भइरहेको थियो। सन् २०१५ मा, पाकिस्तान चीन आर्थिक समन्वयका कारण स्थानीय माग तीव्र वृद्धि भएको जनाइएको थियो। माग बढ्ने बित्तिकै डेरा गाजी खानले आफ्नो तेस्रो र हब, बलूचिस्तानमा पाकिस्तानको सबैभन्दा ठूलो उत्पादन केन्द्रको (कारखाना) स्थापना गरेका थिए जुन पाकिस्तानको महानगरपालिका कराचीको किनारमा अवस्थित छ। सिमेन्ट निर्माण कारखाना पूर्ण हुन प्राय: दुई देखि तीन वर्ष लाग्छ। यो कारखानाको निर्माण सन् २०१८ मा सम्पन्न भएको थियो र डिजी खान सिमेन्टले पाकिस्तानको सबैभन्दा ठूलो मात्रामा सिमेन्ट निर्माण गर्ने अपेक्षा राखिएको छ। [८]

अधिग्रहण सम्पादन गर्नुहोस्

यस सरकारी स्वामित्वमा रहेको कम्पनीलाई निजी क्षेत्रको कम्पनी निसात समूहले सन् १९९२ मा अधिग्रहण गरेको थियो जसको उदेश्य यसका सम्पूर्ण व्यापार तथा व्यवसायको प्रवर्द्धन गर्नु थियो।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ "डिजी खान सिमेन्ट", डिजी सिमेन्ट डटकम 
  2. "DG Khan Cement rakes in Rs2.06 billion profit - द एक्सप्रेस ट्रिब्युन", २० अप्रिल २०१७। 
  3. http://www.dgcement.com/financial-reports/2017_18_f.pdf
  4. "DG Khan Cement’s Hub plant to come online by December this year - द एक्सप्रेस ट्रिब्युन", १८ जुलाई २०१७। 
  5. ५.० ५.१ ५.२ "डिजी सिमेन्ट", डिजी सिमेन्ट  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-२७ मिति
  6. हुसेन, दिलवार (अक्टोबर ४, २००२), "D.G.Khan Cement: CORPORATE PROFILE", डाउन डटकम 
  7. ७.० ७.१ ७.२ "DG Khan Cement Company Limited – brief history", जुन १६, २००५। 
  8. एण्ड्र्यु, म्यारीलु (१७ फेब्रुअरी २०१६), "Cementing growth – Prospects for Pakistan's cement industry" 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्