डिजी दूरसञ्चार वा डिजी डटकम बेरहाड मलेसियाको एक मोबाइल सेवा प्रदायक हो । यसको सबैभन्दा ठूलो शेयर ४९% को साथ नर्वेको टेलेनर एएसएको रहेको छ । २४ मे १९९५ मा डिजीले एक पूर्ण डिजिटल सेलुलर सञ्जाल सुरुवात र सञ्चालन गर्न मलेसियाको पहिलो टेलिकम बनेको थियोे । यसको मुख्य कार्यलय मलेसियाको शाहा आलममा रहको छ । यो १९९५ मा एक निजी कम्पनीको रूपमा स्थापित भएको थियोे ।

डिजी डटकम बेरहाड
पूर्व नाम
डिजी स्विसकम बेरहाड
व्यवसाय प्रकार
निजी कम्पनी
व्यावसायिक रूपढाँचा:Myx
उद्योगदूरसञ्चार
स्थापित१९९५
केन्द्रीय कार्यालयशाहा आलम, सेलाङ्धोर
मुख्य व्यक्ति
मोर्टेन कार्लसेन सोर्बि, अध्यक्ष
अल्बर्न मुर्ति, कार्यकारी अधिकृत
उत्पादनहरूदूरसञ्चार सेवा
मोबाईल सेवा
केबल टेलिभिजन
कर्मचारी सङ्ख्या
२,५००
मूल सङ्गठनटेलेनर ग्रुप
वेबसाइटwww.digi.com.my

१४ मे २००४ मा यसले मलेसियामा जिपिआरएस (२.५ जी) र पहिला एज (२.७५ जी) प्रस्ताव गर्ने पहिलो दूरसञ्चार कम्पनी थियोे । डिजीले मुख्यत १८०० मेगाहर्ज ब्यान्डको जीएसएमका लागि ५०२-१६ को नेटवर्क कोड प्रयोग गर्दथ्यो ।

डिजी पुर्वाधार श्रेणी ऐन अन्तर्गत बर्सा मलेसियामा सूचीबद्ध गरिएको छ ।

सेवा क्षेत्र, उत्पादन र सुबिधा सम्पादन गर्नुहोस्

डिसेम्बर २०१७ का अनुसार, डिजीले देशमा ९५% जनसङ्ख्यामा आफ्नो २ जी सेवा बिस्तार गरेको छ भने ९०% मा[१] ३ जी सेवा , ८९% मा ४ जी एलटिइ र एलटिइ ए ( एलटिइको एक विकसित रूप) देशको ५८% मा पुर्‍याएको छ । यसको नेटवर्क भने न्यून गुणस्तरीय रहेको छ ।

डिजीले २ जी , जिएसएम/जिपिआरएस/एज , ३ जी डब्लूसिडिएमए/एचएसपिए+ , ४ जी लगायतका विभिन्न सुबिधाहरू सञ्चालन गरेको छ ।

डिजी दूरसञ्चारले विभिन्न प्रकारका मोबाइल सञ्चार सेवाहरू प्रदान गर्दछ । यी सेवाहरूमा आफ्ना प्रीपेड र पोष्टपेड योजना, एसएमएस, डाटा योजना र सेवाहरू, अन्तर्राष्ट्रिय रोमिङ, अन्तर्राष्ट्रिय कलिङ कार्ड र वाप सेवाहरू पर्दछन् जसमा आवज पनि समावेश भएको छ ।

भिआेएलटिइ सुरुवात गर्न, डिजी मलेसियाको दोस्रो मोबाईल सेवा सञ्चालक हो, हाल यो सेवा आईओएस १०.१ र माथिको आईफोनका मोकाईलहरूमा उपलब्ध छ ।[२]

प्रयोगकर्ताहरू सम्पादन गर्नुहोस्

सन् २०१८ का अनुसार, डिजीका ११.६५९ मिलियन ग्राहकहरू रहेका थिए जसमा ९.००४ मिलियन प्रीपेड र २.६५५ मिलियन पोस्टपेड ग्राहकहरू छन् ।

डिजीका ८.७६ मिलियन मोबाइल इन्टरनेट ग्राहकहरू रहेका छन् (७५.१%), जसमा ७.१ मिलियन ग्राहकहरूले ४ जी एलटिइ सेवाको प्रयोग गर्दछन् ।

सम्मान र उपलब्धिहरू सम्पादन गर्नुहोस्

सन् २०१४ मा फोर्ब्स द्वरा प्रकाशित, विश्वको अभिनव कम्पनीको सुचीमा १०० औँ स्थान आेगट्न सफल भएको थियोे । यस सुचीमा पर्ने, डिजी एक मात्र मलेशियन कम्पनी थियो, र एसियाबाट मात्र दूरसञ्चार सञ्चालनकर्ता थियोे ।

सन् २०१५ मा, च्यानल न्यूज एसियाद्वरा डिजीलाई मलेसियाको शीर्ष ३ कम्पनीहरु मध्ये एकको रूपमा राखिएको थियोे ।[३]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "डिजीले ४ जी एलटिइ नेटवर्कको सुरुवात गरेको छ", अन्तिम पहुँच २६ अप्रिल २०१६  वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति
  2. "डिजीले आइफोनको लागि भिआे एलटिइ सेवा सञ्चालनमा ल्याएको छ", २६ अक्टोबर २०१६, अन्तिम पहुँच २७ अक्टोबर २०१६ 
  3. "२०१५ का देश अनुसार शीर्ष ३ कम्पनीहरु", च्यानल न्यू एसिया, अन्तिम पहुँच २१ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण ९ अक्टोबर २०१५ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्