सुधा त्रिपाठी (वि.सं. २०१५ साल जेठ २८) नेपाली साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयका डाइरेक्टर हुन् ।

सङ्क्षिप्त जीवनी सम्पादन गर्नुहोस्

सुधाको जन्म वि.सं. २०१५ साल जेठ २८ गते दार्जिलिङको मिरिकमा भएको हो। उनी साहित्यकार जगन्नाथ शर्मा त्रिपाठी र भवानीदेवी त्रिपाठीकी सुपुत्री हुन् । उनले दोलखाको सुनखानीस्थित श्रीकालीनाग नि.मा.वि.मा पढिन् । उनी १२ वर्षकी भएपछि काठमाडौंमा पढ्न आएकी हुन् । नेपाली एम्. ए. र विद्यावारिधि सुधा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक छिन्। हाल उनी त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष पदमा आसीन छिन् । त्रिभुवन विश्वविद्यालयको यो ओहोदामा पुग्ने, उनी पहिलो नेपाली महिला हुन् ।

कृतिहरू सम्पादन गर्नुहोस्

उनको पहिलो रचना वि.सं. २०३४मा रेडियो नेपालको साहित्यिक कार्यक्रमबाट प्रसारण भएको थियो। सुधाले धेरै कविता, कथा, निबन्ध, नाटक, समालोचना, समसामयिक राजनीतिक एवं सांस्कृतिक रचना तयार पारेकी छन्। निबन्ध, नाटक, समालोचना आदि गरी उनका नौ पुस्तक प्रकाशित छन्। सुधाका निबन्ध, कथा, समालोचना, कविताहरू विभिन्न पत्र-पत्रिकामा प्रकाशित छन्। उनका कृतिहरूः

  • बादल, धर्ती र आस्थाहरू
  • दृष्टि चौतारी
  • जीवनसूत्र र स्वप्नाभास
  • सूट-टाई र सुँगुर
  • भूपिका कवितामा व्यङ्ग्यालङ्कार चेतना
  • अमर सिर्जना
  • नि:श्वासका गुजुल्टाहरू
  • नारीवादको कठघरामा नेपाली साहित्य
  • भाग्य

संलग्नता सम्पादन गर्नुहोस्

उनी अभ्युत्थान महिला साहित्य प्रतिष्ठानको अध्यक्ष, प्रगतिशील लेखक सङ्घ नेपालको उपाध्यक्ष साथै विभिन्न संस्थामा संलग्न छिन्।

पुरस्कार सम्पादन गर्नुहोस्

सुधाले पाएका पुरस्कारहरूः

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्