डाइभर्टिकुलोसिस

ठूलोआन्द्रामा विभिन्न कारणले खाल्डाहरू बन्ने समस्या

डाइभर्टिकुलोसिस भनेको ठूलोआन्द्रामा सङ्क्रमण नभई धेरै खाल्डाहरू (डाइभर्टिकुला) निर्माण भएको अवस्था हो। ठूलोआन्द्राको भित्तामा रहेको मांसपेशीय तहहरू कमजोर भएर कोलोनिक म्युकोसा तथा सब्म्युकोसामा खाल्डा परेपछि डाइभर्टिकुलोसिस हुने गर्दछ। [१] डाइभर्टिकुलोसिस भएका अधिकांश मानिसहरूमा कुनैपनि लक्षणहरू देखापर्दैनन्। जब यस्ता खाल्डाहरूमा सङ्क्रमण हुन्छ तब यसले रोगको रूप लिन्छ, यस्तो अवस्थालाई डाइभर्टिकुलाइटिस भनिन्छ।

डाइभर्टिकुलोसिस
Diverticulosis (two diverticula) 01.svg
कोलोनोस्कोपी गर्दा देखिएको डाइभर्टिकुलोसिस
विशिष्टताग्यास्ट्रोएन्टेरोलजी

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Feuerstein, JD; Falchuk, KR (अगस्ट २०१६), "Diverticulosis and Diverticulitis", Mayo Clinic Proceedings (Review) 91 (8): 1094–1104, डिओआई:10.1016/j.mayocp.2016.03.012, पिएमआइडी 27156370