डम्फु नाच सम्पादन गर्नुहोस्

विशेषगरि तामाङ जातिका मानिसहरूले नाच्ने प्रमुख नाच डम्फु नाच हो । यसका अतिरिक्त यो नाच भोटे तथा शेर्पा जातिका मानिसहरूले पनि नाच्दछ्न् । नाचको साथमा एक प्रकारको बाजा (बाख्राको छालाले मोडेर गोलो पारी बनाईएको) डम्फु बजाउंदै नाचिन्छ । यो विवाह उत्सव आदिमा नाचिन्छ । एकमात्र बाजा डम्फुको तालमा नाचिने हुँदा यसलाई डम्फु नाच भनिएको हो । यस नाचमा २ जना देखी ८/१० जनासम्म पनि नाच्न सक्छ्न् ।