थिमि एतिहासिक सहर हो । यो काठमाडौंबाट १० कि.मी. पूर्व र भक्तपुर नगरबाट ३ कि.मी. पश्चिममा अवस्थित छ। प्राचिन साँस्कृतिक सम्पदा र परम्परगत कला कौशलको धनी नगर थिमि किराँत कालमा निर्माण गरिएको हो । भक्तपुर जिल्लामा अवस्थित यो सहर आफ्नै विशिष्टिकृत परम्परा, जात्रा, पर्व लोक नृत्य र संगीतको लागि प्रसिद्ध छ । त्यसै गरी सेरामिक्स, टेराकोटा र हस्तकला एवं उपत्यकाकै तरकारी उत्पादनको केन्द्रको रूपमा पनि थिमिको प्रसिद्धी रहेको छ ।[१]थिमि

भक्तपुर जिल्ला, बागमती प्रदेश अन्तर्गत पर्ने मध्यपुर थिमि नगरपालिकाको गठन वि.स. २०५३ साल चैत्र १४ गते तत्कालिन बोडे, नगदेश, चपाचो, बालकुमाारी र दिव्यश्वरी गाउँ विकास समितिहरुलाई एक आपसमा गाभी बनाइएको हो । तत्कालीन अवस्थामा स्थानीय निकायको रुपमा रहेको यस मध्यपुर थिमि नगरपालिकामा १७ वटा वडा भएकोमा नयाँ संविधानको प्रावधान बमोजिम स्थानीय तहको रुपमा गठन हुँदा ९ वटा वडा कायम भएको छ । यस नगरको पूर्वमा भक्तपुर र चाँगुनारायण नगरपालिका, पश्चिममा काठमाडौ महानगरपालिकाको सिनामंगल, उत्तरमा कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणमा सुर्यबिनायक नगरपालिका र महालक्ष्मी नगरपालिका पर्दछन् । विश्व मान चित्रमा यो नगरपालिका २७०४०’ देखि २७०४२’ उत्तरी अक्षांशसम्म र ८१०२२’३०” पूर्व देखि ८५०२५’०” देशान्तरसम्म फैलिएर रहेको छ ।[२]

वि.सं. २०६८ सालको जनगणना अनुसार यस नगरपालिका क्षेत्रमा महिला ४०,३१३ र पुरुष ४२,७२३ गरी कुल जनसंख्या ८३,०३६ रहेकोमा हाल १००,००० भन्दा माथि जनसंख्या पुगेको अनुमान छ । ११.४७ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो नगर समुन्द्री सतहवाट १३२६ मिटरको उचाईमा अवस्थित छ । यस नगरपालिकाले जिल्लाको कूल भूभागको (११९ वर्ग कि.मि.) ९.६ प्रतिशत भूभाग ओगटेको छ । यो शहर ऐतिहासिक, कला, संस्कृति र शिल्पकारिताका कारण विश्वप्रसिद्ध छ । समशितोष्ण हावापानी भएको यस नगरपालिकामा औसत तापक्रम न्यूनतम १ डिग्री सेल्सीयस देखि ३५ डिग्री सेल्सीयससम्म पुग्ने गर्दछ । नगरपालिका क्षेत्रमा औसत वर्षा १२३.१ मिलिमिटर सम्म हुने गर्दछ  ।[२]

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "भक्तपुर जिल्लामा रहेका ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थलहरु", ddcbhaktapur.gov.np 
  2. २.० २.१ "मध्यपुर थिमि नगरपालिका"