ठाकुरप्रसाद ज्ञवाली
ठाकुर प्रसाद ज्ञवाली नेपाल प्रहरीका २७ औँ प्रहरी महानिरीक्षक हुन् ।[१] उनलाई विसं २०७६ माघ २८ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो । सर्वेन्द्र खनालले अवकास प्राप्त गरेपछि माघ २९ मा ठाकुर प्रसाद ज्ञवालीले कार्यभार सम्हालेका थिए ।
करिअर
सम्पादन गर्नुहोस्उनले प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट २७ असार २०४७ सालबाट विधिवत् रूपमा सुरक्षा फौजमा प्रवेश गरेका थिए। उनी नियुक्ति अघि १ नं. प्रदेश प्रहरी कार्यालयको प्रमुख थिए।
उनले प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखासहित बाजुरा, रुकुम, दाङ, बारा र झापा जिल्लाको नेतृत्व गरे । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि ज्ञवालीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित प्रहरी महानिरीक्षकको सचिवालय र नेपालगञ्ज तालिम केन्द्रमा काम गरे । संयुक्त राष्ट्र संघबाट शान्ति स्थापनार्थ उनी एकपटक एफपीयू (यूएन फम्ड पुलिस युनिट) र दुईपटक अनपोल मिसनमा सहभागी भएका छन् । उनी संयुक्त राष्ट्र संघको कोसोभो मिसन (UNMIK, 2000), पुर्वी टिमोर मिसन (UNAMET, 2007) र पुलिस युनिट मिसन (Haiti, 2014)मा पनि सहभागी थिए। उनले लागू औषध नियन्त्रण तथा संगठित अपराध अनुसन्धानको क्षेत्रमा पनि अनुभव हासिल गरेका छन्।
- प्रबल जन सेवा श्री
- बिरेन्द्र ऐश्वर्य सेवा पदक
- प्रहरी सेवा पदक
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्ज्ञावलीको विवाह ज्ञानु ज्ञावली संंग भएको थियो। उहाँ छोरी सिन्धु र छोरा उन्मिक छन।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "IGP Biography", nepalpolice.gov.np, Nepal Police, अन्तिम पहुँच ४ Apr २०२०। वेब्याक मेसिन अभिलेखिकरण १३ मे २०२० मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- बायोग्राफी (नेपाल प्रहरीको आधिकारिक वेबसाइट) वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-१३ मिति