जेफ्री चौसर
यस लेखमा अनेकौँ समस्याहरू छन्। कृपया यसमा सुधार गर्न सहयोग गर्नुहोस वा समस्याहरूको बारेमा लेखको वार्ता पृष्ठमा छलफल गर्नुहोस्। (कसरी र कहिले यी ढाँचा सन्देशहरू हटाउने सिक्नुहोस्।)
|
'जेफ्री चौसर' (c. १३४३-२५ अक्टोबर १४००) एक अङ्ग्रेजी लेखक, कवि, र दार्शनिक थिए। उनी क्यान्टरबरी टेल्सका कारण प्रसिद्ध भए जसमा २४ कथाहरू थिए तर त्यो पुस्तक भने पूरा भएन।
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्चौसरको जन्म सम्भवतः लन्डनमा भएको थियो। उनका बुबा, जोन र हजुरबुबा लन्डनमा सम्पन्न मदिरा व्यापारी थिए।[१] चौसर फ्रेन्च नाम हो र यसको अर्थ जुत्ता बनाउने व्यक्ति हुन्छ।[२]
१३५७ सम्म, चौसरले एलिजाबेथ (काउन्टेस अफ अल्स्टर, लियोनेलकी पत्नी)को सहयोगी भएर काम गरे। फ्रान्स र इङ्ल्यान्डबीच भएको शतबर्षीय युद्धका दौरान सन् १३६० मा उनलाई फ्रान्सेली पक्षधरद्वारा रेम्स नामक शहरमा पक्राउ गरिएको थियो। त्यसपछि उनलाई फिरौती दिएर रिहा गरियो। राजा एडवर्ड तृतीयले चौसरको रिहाइका लागी १६ पाउन्ड खर्चिएका थिए। चौसरको फिलिपा (डी) रोएटसँग विवाह भयो जो रानीकी वैयक्तिक सहायक थिइन् र उनको जोन अफ गाउन्टसँग नजिकको पारिवारिक सम्बन्ध पनि थियो। उनीहरूका करिब तीन चार सन्तान थिए।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Echard, Sian; Rouse, Robert (२०१७), The Encyclopedia of Medieval Literature in Britain, 4 Volume Set, John Wiley & Sons, पृ: ४२५, आइएसबिएन 9781118396988, अन्तिम पहुँच ११ सेप्टेम्बर २०२१।
- ↑ Hanks, Patrick; Coates, Richard; McClure, Peter, सम्पादकहरू (२०१६), "Chaucer", The Oxford Dictionary of Family Names in Britain and Ireland, Oxford UP, आइएसबिएन 978-0-19-967776-4।