मकवानपुरको हेटौंडा बजारबाट मदन भण्डारी लोकमार्ग सडक खण्ड हुँदै हटिया चोक १२ किलोमिटर र त्यहाँबाट उकालो कच्ची सडकमार्गबाट करिब २ किलोमिटर हिडेपछि खुड्किलामा पैदल यात्रा गर्दै पुग्ग सकिने नयाँ पर्यटकीय गन्तब्य हो,जुरेथुम डाँडा ।

जुरेथुम डाँडा स्थित ४२ फिट अग्लो कृष्णको मूर्ति ।

हेटौंडा–१७ हटियाको जुरेथुम डाँडा नयाँ पर्यटीय गन्तव्यको रुपमा विकास भईरहेको छ । भगवान कृष्णको मूर्ति ४२ फिट अग्लो समेत रहेको जुरेथुमलाई धार्मिक पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न २०६७ सालबाट काम सुरु गरिएको थियो ।

नेपालकै अग्लो कृष्णको मूर्ति मानिएको मूर्तिलाई रंगरोगन गर्ने काम भईरहेको छ । ९० हेक्टर क्षेत्रफलमा रहेको जुरेथुमलाई पछिल्लो वर्षहरुमा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानीय सरकार हेटौंडा उपमहानगरपालिका,बागमती प्रदेश सरकार,स्थानीयहरु लागिपरेका छन् ।

पिकनिक सहित गर्न सकिने उक्त डाँडामा खानेपानी,शौचालय,प्रतिक्षाल लगायत संरचना निर्माण गरिएको छ । निर्माणाधिन जुरेथुममा भ्यु टावर निर्माण गर्ने योजना रहेको हटिया जुरेथुम पर्यटकीय क्षेत्र विकास समितिले जनाएको छ । टावरबाट हेटौंडा बजार सहित हर्नामाडी, हटिया र मकवानपुरगढी,बकैयासंगै बाहिरी जिल्ला बाराको निजगढ र पर्साको वीरगञ्जको दृश्यावोलकन गर्न सकिने जनाईएको छ ।