जुनि डट भिएन सिकाइ वा शिक्षणमा आधारित एक वेबसाइट हो जुन भियतनाम इन्टरनेट प्रयोगकर्ता समुदाय फाउन्डेसन (भिएनआइएफ) र भिएनजी निगम द्वारा स्थापित गरिएको थियो । जुनिले आफ्नो आधिकारिक सेवा १३ मार्च २०१४ मा सुरु गरेको थियो ।[२] त्यस समयमा, वेबसाइटमा लगभग ६०,००० प्रयोगकर्ताहरू[३], ३०० भिडियो पाठहरू र गणित, भौतिकी, रसायन शास्त्र, अंग्रेजी, साक्षरता, जीवनी, इतिहास, भूगोल सहित भियतनामी विश्वविद्यालय प्रवेश परीक्षाको लागि प्रयोग गरिने आठ मुख्य विषयहरूको लागि १७०० नमूना परीक्षणहरू रहेको थियोे ।

जुनि
साइटको प्रकार
ई-शिक्षण
उपलब्ध भाषाभियतनामी भाषा
मालिकभियतनाम इन्टरनेट कोष र भिएनजी निगम
सर्जकलि होङ मिन्ह
युआरएलwww.zuni.vn
अलेक्सा क्रमह्रास २०२,४८७[१]
व्यवसायिकहैन
वर्तमान स्थितिचालु

इतिहास सम्पादन गर्नुहोस्

जुनि परियोजना भियतनाम इन्टरनेट कोष र भिएनजी निगम द्वारा २०१२ को अन्त मा शुरू गरिएको थियोे ।[४] लि होङ मिन्ह, जो भिएनजी निगमका संस्थापक, कार्यकारी अधिकृत र निर्देशक हुन् र यसका पनि संस्थापक हुन् ।[५]

यो परियोजना निर्देशक, गुयेन होआङ विन्ह द्वारा व्यवस्थित गरिएको छ भने वेबसाइट आधिकारिक रूपमा १३ मार्च, २०१४ मा सुरु भएको थियो । ग्रामीण र शहरी क्षेत्रहरु बीच शिक्षाको गुणस्तरको अन्तर कम गर्नेको लक्ष्यले स्थापित भएको थियोे । शिक्षक र विद्यार्थीहरू बिच लामो दुरी भएपनि यस वेबसाइट प्रयोग गरी विद्यार्थीहरूले त्यहाँ भएका सामग्री राम्रोसँग बुझ्न र पढ्न सक्छन् ।

उत्पादन र सेवा सम्पादन गर्नुहोस्

पाठ्यक्रम र सामयिक सामग्री सम्पादन गर्नुहोस्

जुनी राष्ट्रभरका प्रयोगकर्ताहरूका लागि विभिन्न विषय र पाठ्यक्रमहरूमा निःशुल्क अनलाइन मार्फत पठ वा सामग्रीहरू प्रदान गर्दछ । मार्च २०१४ सम्म, ३०० भिडियो पाठहरू र गणित, भौतिकी, रसायन शास्त्र, अंग्रेजी, साक्षरता, जीवनी, इतिहास, भूगोल सहित भियतनामी विश्वविद्यालय प्रवेश परीक्षाको लागि प्रयोग गरिने आठ मुख्य विषयहरूको लागि १७०० नमूना परीक्षणहरू रहेको थियोे ।

भियतनामका एक प्रख्यात शिक्षक भान नु चुओङ, जुनिका शिक्षक र सल्लाहकार हुन् ।

परीक्षण सम्पादन गर्नुहोस्

परीक्षण अन्तर्गत, जुनी डट भिएनले प्रसिद्ध भियतनामी उच्च माध्यमिक विद्यालयहरूमा भएका हालैको नमूना परीक्षण प्रदान गर्दछ । यस वेबसाइट मार्फत प्रयोगकर्ताहरूले वास्तविक परीक्षाको अनुभव गर्न सक्छन् ।

प्रश्न र उत्तर सम्पादन गर्नुहोस्

प्रश्न र जवाफ अन्तर्गत, प्रयोगकर्ताहरूले त्यहाँ गई छलफल गर्न सक्छन् । गृहकार्य समाधानहरू र उत्कृष्ट प्रयोगकर्ताहरूको अनुभवको बारेमा अन्यलाई सोध्न सक्छन् । प्रश्न र उत्तरको गुणस्तर सुधार गर्न यसले स्वयंसेवी क्लबको निर्माण गरेको छ । मार्च २०१४ का अनुसार, यस क्लबमा १३० सदस्यहरू रहेका थिए ।

समाचार सम्पादन गर्नुहोस्

जुनीको समाचार खण्ड तीन मुख्य कोटिहरू बिभाजित भएका छन् ।

शिक्षा समाचार अन्य स्रोतहरूबाट साभार गरिएको हुन्छ ।

जुनिका विद्यार्थीहरू र स्वयंसेवीहरूले जानेका सामग्रीहरूको बाढ्न यस वेबसाइट मार्फत सक्दछन् ।

जुनिले अनलाइन र अफलाइन घटनाहरूलाई अद्यावधिक गर्ने गरेको छ ।

सामाजिक कार्यहरू सम्पादन गर्नुहोस्

जुनिका स्वयंसेवीहरू अन्य अफलाइन गतिविधिहरूमा व्यवस्थित र सामेल हुन गरेका छन् ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "वेबसाइटको जानकारी", अन्तिम पहुँच २०१८-११-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-०१ मिति
  2. "Ra mắt website giáo dục trực tuyến miễn phí Zuni.vn", थानह नियन अनलाइन, अन्तिम पहुँच २०१४-०८-०५ 
  3. "Rào cản trong giáo dục trực tuyến: Ai "dựng", ai tháo?", लाओ डोङ न्युज, अन्तिम पहुँच २०१४-०८-०५ 
  4. "Ra mắt website giáo dục trực tuyến miễn phí जुनि डट भिएन", Giáo dục và Thời đại, अन्तिम पहुँच २०१४-०८-०५ [dead link]
  5. "Thành viên Ban Giám Đốc VNG", भिएनजीको वेबसाइट, अन्तिम पहुँच २०१४-०८-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-१२ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-०९ मिति