जनसङ्ख्या नीति
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
जनसङ्ख्या नीति( Population policy) जनसङ्ख्याको आकार, वृद्धि र वितरणलाई सकारात्मक प्रभाव पार्नका लागि सरकारद्बारा लागु गरिएको उपाय हो। जनसङ्ख्या नीतिको प्रमुख लक्ष्य जनसङ्ख्या र देशको सामाजिक-आर्थीक विकास एंव वातावरण बिच सन्तुलित अन्तर सम्बन्ध स्थापित गरी जनताको गुणस्तरिय जिवनको सुनिश्चितता गर्नु हो। जनसङ्ख्या नीति देशको जनसङ्ख्या स्थिति अनुसार फरक फरक हुन्छन्। कम जनसङ्ख्या भएका देशले जनसङ्ख्या बृद्धि गराउने नीति अपनाएका हुन्छन् भने बढी जनसङ्ख्या भएका देशहरूले जनसङ्ख्या कम गर्ने नीति अपनाएका हुन्छन्। यस्तै लिङ्ग अनुपात असन्तुलन भएका देशहरूले लिङ्ग अनुपामा सन्तुलन ल्याउने प्रकृतिका नीतिहरू लागु गरिएका हुन्छन्।
जनसङ्ख्या सम्बन्धि नीतिहरू बृहतरूपमा २ वटा छन्।
१ जन्म पक्षीय नीति(Pro-natalist policy:
शिशुहरूको जन्मदरमा बृद्धि गरेर जनसङ्ख्या बढाउने उद्देश्यले तर्जुमा गरिएका नीतिलाई जन्मपक्षीय नीति भनिन्छ। कुनै पनि देशमा आवश्यकता भन्दा कम जनसङ्ख्या छ, जन्मदर ऋणात्मक छ, जनसक्तिको तुलनामा साधन र स्रोतको मात्रा अत्याधिक छ भने यो नीति लागु गरिन्छ। यस नीति अन्तरगत बढी सन्तान जन्मउने दम्पतिलाई विशेष सरकारी सुविधा उपलब्ध गराउने,बाल-बालबलिकाको स्वास्थ्य तथा शिक्षामा सरकारी लगानी बृद्धि गर्ने, चाडो विवाह र पुन: विवाहलाई प्रोत्साहन गर्ने, अवैधानिक शिशुको राज्यले संरक्षण गर्ने आदि जस्ता कार्यक्रमहरू पर्दछन्।
२ जन्म विरुद्धका नीति(Anti-natalist policy):
प्रजननदरलाई नियन्त्रणगरि जनसङ्ख्या घटाउने नीतिलाई जन्म विरुद्धका नीति भनिन्छ। जनसङ्ख्या बढी भएका देशहरूले जनसङ्ख्याको आकार र वृद्धि लाई घटाउनका लागि लागु गरिने उपाय हो। यस अन्तरगत परिवार नियोजन कार्यक्रम विस्तार गर्ने, कम सन्तान जन्माउने दम्पतिका सन्तानलाई विशेष सरकारी सुविधा उपलब्ध गराउने,बढी सन्तान जन्माउने दम्पत्तिलाई सरकारी सेवा सुविधा कटौति गर्ने,लैगिक भेदभावलाई हटाई महिला शिक्षा र सशक्तिकरणमा जोड दिने,गर्वपतनलाई कानुनी मान्यता दिने जस्ता नीति तथा कार्यक्रमहरू अपनाउने गरेको पाईन्छ।
इतिहास
सम्पादन गर्नुहोस्आदर्श जनसङ्ख्याका बारेमा प्राचिन ग्रिक,रोमन, चिनियाँ तथा भारतिय दार्शनिकहरूले व्यक्त गरेको धारणालाई जनसङ्ख्या नीतिको विकासको भ्रुणको रूपमा लिन सकिन्छ।