जनसङ्ख्या अध्ययनको पहिलो विवरण दिने व्यक्ति विलियम पेट्टी हुन् । अर्थशास्त्री विलियम पेट्टीले (सन १६२३–८७) आफ्नो पुस्तक पोलिटिकल अर्थमेटिक मा जनंसख्या, शहरीकरण, बेरोजगारी र राष्ट्रिय आयको बारेमा व्याख्या गरेका छन् । उनलाई नै सर्वप्रथम जीवन तालिका निर्माण गरेको श्रेय पनि दिइन्छ ।
सन् १७९८ मा टी आर माल्थसको पुस्तक एन एसे अन पपुलेशन ९ब्ल भ्ककबथ यल एयउगबितष्यल० जनसङ्ख्याको विवेचना गर्ने प्रथम महत्त्वपूर्ण पुस्तक मानिन्छ। तर म्झयनचबउजथ शब्दको प्रयोग सर्वप्रथम फ्रांन्सिसी लेखक आशिले गिलार्ड ले आफ्नो पुस्तक भ्झिभलतक मभ बि क्तबतष्कतष्त्रगभ ज्गmबष्लभ यल म्झयनचबउजष्अ ऋयmउबचभभ ९ज्ञडछछ० मा गरे । यस पुस्तकमा उनले जनसाङ्ख्यिकीलाई जनसङ्ख्याको भौतिक,सामाजिक, बौद्धिक तथा नैतिक अवस्थाहरु र सामान्य प्रवासको अध्ययन बताएका छन् ।
वारेन थोम्पसनले आफ्नो पुस्तक Population Problems (१९५३) मा जनसङ्ख्याको अध्ययन सामाजिक विज्ञानको दृष्टिकोणले गरेका छन् । यसरी जीवविज्ञान, समँज शास्त्र र अर्थशास्त्रको एक अंगको रूपमा रहेको यो विषय आज एक स्वतन्त्र विषय जनसङ्ख्या अध्ययन Population studies को रूपमा विकसित भइसकेको छ ।


जनसङ्ख्या अध्ययनका निम्न चार उद्देश्यहरु ह्ुन्छन्ः

  • १. कुनै क्षेत्रको जनसङ्ख्याको आकार, संरचना, वितरण, जाति जनजाति, धर्म आदि विशेषताहरूको जानकारी ।
  • २. त्यस देशको िवगतको जनसंखयाको आकार, संरचना र विकासक्रम र अन्य विशेषताहरूको जानकारी ।
  • ३. जनसङ्ख्यालाई प्रभावित गर्ने तत्वहरु र तिनीहरूको प्रभावको अध्ययन ।
  • ४. जनसङ्ख्याको वर्तमान अवस्था र भविष्यमा जनसङ्ख्या सम्बन्धी नीति निर्धारण गर्नु।

जनसङ्ख्या अध्ययन र जनसाङ्ख्यिकी

सम्पादन गर्नुहोस्

जनसाङ्ख्यिकी Denography ग्रीक भाषाका दुई शब्द मिलेर बनेको छ Demos र Graphy, Demos को अर्थ हुन्छ मानिस र Graphy को अर्थ हुन्छ विवरण । यस प्रकार जनसाङ्ख्यिकी वा जनसङ्ख्याशास्त्र भनेको मानिसहरूको विवरणहो । यसमा कुनै क्षेत्रका मानिसहरूको जन्म, मृत्यु र बसाईं सराई जस्ता घटनाहरूको संख्यात्मक विवरण हुन्छ । त्यसैले यस विषयलाई जनांकिकी पनि भनिन्छ ।
तसर्थ, जनसङ्ख्या शास्त्रलाई यस प्रकार परिभाषित गर्न सकिन्छः जनसाङ्ख्यिकी जनसङ्ख्याको आकार, संरचना र वितरण तथा यसमा जन्म मृत्यु विवाह र प्रवास र सामाजिक गतिशीलताका प्रक्रियाहरु द्वारा समय समयमा हुने परिवर्तनहरूको तथ्यांकीय र गणितीय अध्ययन गरिन्छ । यसले जनसांख्यिक घटनाहरूको व्याख्या र त्यससंग सम्बन्धित सिद्धान्तहरूको निर्माण गर्दछ ।
औपचारिक जनसाङ्ख्यिकी जनसङ्ख्यासंग सम्बन्धित औपचारिक तथ्यांक र सोसँग सम्बन्धित तथ्यांकीय र गणितीय विश्लेषण को प्रस्तुति लाई औपचारिक जनसाङ्ख्यिकी भनिन्छ । यस दृष्टिले औपचारिक जनसाङ्ख्यिकी भन्दा जनसङ्ख्या अध्ययन बढी विस्तृत हुन्छ ।
जनसङ्ख्या अध्ययन Population Studies जनसाङ्ख्यिकी शास्त्र तथा जनसङ्ख्या अध्ययनमा त्यति ठूलो अन्तर छैन । यद्यपि कुनै कुनै जनसङ्ख्या शास्त्रीले दुवैमा अन्तर गर्ने प्रयास गरेका छन् । उनीहरूको विचारमा जब जनसङ्ख्या शास्त्रलाई जैविक, सामाजिक, आर्थिक तथा भौगोलिक तत्वहरूसँग सम्बन्धित गराएर अध्ययन गरिन्छ त्यस बेला यस विषयलाई जनसङ्ख्या अध्ययन वा जनसङ्ख्या विश्लेषण भनिनछ ।

जनसाङ्ख्यिकी/जनसङ्ख्या अध्ययनको क्षेत्र

सम्पादन गर्नुहोस्

जनसङ्ख्या शास्त्र अन्तर्गत निम्न विषय वस्तुको अध्ययन गरिन्छः

  • १. जनसाङ्ख्यिकीय तथ्यांकः यस अन्तर्गत निम्न विषय वस्तु अध्ययन गरिन्छ ः
  • क. जनसांयिकीय तत्वहरु जस्तै, जन्म, मृत्यु र विवाह तथा बसाईं सराई ।
  • ख. जनसङ्ख्या सम्बन्धी तथ्यांक र तथ्यांकका स्रोतहरु ।
  • ग. जनसङ्ख्याको आकार, बनावट, वितरण, भनत्व आदि ।
  • यी सबै विषय वस्तुको अध्ययनलाई औपचारिक जनसाङ्ख्यिकी पनि भनिन्छ ।
  • २. जनसङ्ख्या गतिशीलता र यसका निर्धारक तत्वहरुः यस अन्तर्गत जनसङ्ख्यामा कमी वा वृद्धि ल्याउने निम्न विषयहरूको अध्ययन गरिन्छः
  • क. जन्म दर र यसका निर्धारक तत्वहरु ।
  • ख. मृत्यु दर यसका निर्धारक तत्वहरु ।
  • ग. बसाईं सराई र यसका निर्धारक तत्वहरु ।
  • ३. जनसङ्ख्या सम्बन्धी सिद्धान्तहरुः माल्थस भन्दा पहिलेका सिद्धान्त, माल्थसको सिद्धान्त र त्यस पछि विकसित सिद्धान्तहरु जस्तै आदर्श जनसङ्ख्या सिद्धान्त, जनसङ्ख्या संक्रमणको सिद्धान्त इत्यादि पनि जनसङ्ख्या शास्त्रको एक मुख्य विषय वस्तु हो ।
  • ४. जनसङ्ख्या र गुणस्तरीय जीवनः जनसङ्ख्या शास्त्रको केन्द्रीय सन्देश नै गुण स्तरीय जीवन हो । यस अन्तर्गत जनसङ्ख्याद्वारा निम्न क्षेत्रमा पार्ने प्रभावहरुो अध्ययन गरिन्छः
  • क. आर्थिक क्षेत्रमा पार्ने प्रभाव
  • ख. सामाजिक क्षेत्रमा पार्ने प्रभाव
  • ग. वातावरणीय क्षेत्रमा पार्ने प्रभाव
  • ५. जनसङ्ख्या वृद्धि र यसका परिणामहरुः तीव्र जनसंख्य वृद्धिबाट पर्ने नकारात्मक प्रभावहरूको सामना विश्वका अनेक अल्प विकसित देशहरूले गरिरहेका छन् ।
  • ७. मानव यौनः जनसङ्ख्याको जैविक पक्ष्ँबाट अध्ययन गर्नकालागि मानव यौनालाई जनसङ्ख्या शिक्ष्ाँमा समावेश गरिएको हुन्छ । यस अन्तर्गत निम्न शीर्षकहरूको अध्ययन गरिन्छः
  • क. प्रजनन प्रणाली
  • ख. यौन शिक्षा
  • ग. यौन प्रसारित रोगहरु इत्यादि ।
  • मानव यौनको विषय वस्तुलाई भने जनसङ्ख्या अध्ययनमा समावेश गरिएको हु“दैन ।
  • ८. जनसङ्ख्या प्रक्षेपणः जनसङ्ख्या अध्ययनको एक महत्त्वपूर्ण अङ्ग जनसङ्ख्या प्रक्षेपण हो । यस अन्तर्गत वर्तमान जनसङ्ख्याको आधारमा भविष्यका जनसङ्ख्याको अनुमान गरिन्छ । यसका अनेक

गणितीय र तथ्यांकी विधिहरु छन् । आधुनिक समयमा कम्प्युटरको प्रयोगले जनसङ्ख्या प्रक्षेपण सजिलै गर्न सकिन्छ । []

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. ज्ञवाली, बाबु राम, र मिनराज पौड्याल, वि.सं.२०७०,जनसङ्ख्या अध्ययन, काठमाडौँ : एम के पब्लिशर्स ।