जगदिश्वर नरसिंह के.सी.

जगदीश्वर नरसिंह के.सी

नेपाली कांग्रेसका तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने जगदीश्बर नरसिंह के.सी. राजनीतिशास्त्रका स्नातक हुनुहुन्छ। राउतबेसी, नुवाकोटका के.सी.ले आफ्नो राजनीतिक यात्रा २०३२ सालमा शान्ति विद्यागृहको विद्यर्थी छँदा एकाई सभापतिका रूपमा शुरु गर्नुभएको हो। त्यसपछि निरन्तर प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील उहाँले जनमतसंग्रह, सत्याग्रह र २०४६ र २०६२-६३ का अन्दोलनहरूमा सक्रियतासाथ भाग लिंदै आउनुभएको छ। यस क्रममा २०४२,२०४६ र २०६२-६३मा गरी उहाँले झण्डै ६ महिना जेलजीवन बिताउनुभएको छ। यसै बीच उहाँ तीन महिना भूमिगत पनि रहनुभयो। नेपाली कांग्रेसका महासमिति सदस्य जगदीश्वर नरसिंह के.सी.ले दुई कार्यकालसम्म नुवाकोट जिल्ला नेपाली कांग्रेसको सभापति पद सम्हालिसक्नुभएको छ। उहाँका दुई छोरी र एक छोरा छन्। अध्ययन र समाजसेवा उहाँको रुचिको क्षेत्र हो। लोकतान्त्रिक संविधान निर्माणको लागि पहल गर्नु संविधानसभामा आफ्नो केन्द्रीय मुद्दा रहेको उहाँ बताउनुहुन्छ।

[१]

सन्दर्भ सम्पादन गर्नुहोस्