चौक्याल पाण्डेय कुमाउ क्षेत्रको चौकीगाउँ पुर्ख्यौली घर भइ बिभिन्न ठाउ बसोबास गर्नेलाई चौक्याल भन्ने गरिन्छ। प्राय चौकीमा पाण्डेय थरका मानिसको बसोबास भएकाले पाण्डेयहरु लाई चौक्याल पाण्डेय भनियो।चौकी स्थित हरेश्वर,नौलो , सिद्धनाथ ,बेतालका पुजारी रहेका चौक्याल पाण्डेयको चौकीबाट बसाई सर्दा कुलदेवता,पुज्य देवता डोकामा बोकी ल्याएक्का थिए । त्यस ताका कत्युरी शासक निकै चर्चित मानिन्छ । प्राचिन इतिहास को पृष्ठभुमि पहिल्याउन लाग्दा कत्युरी शासकलाई केन्द्र मा राख्नु पर्ने हुन्छ । कत्युरी शासकबाट पुर्वतिर राज्य बिस्तार भएको पाइन्छ । क्रमिक रुपमा आर्यहरुको बिस्तार निकै बढेको अवस्थामा कालिपारीको शासकमा बिभाजन भयो । बिभक्त शासक मध्ये राजा चायले आफ्नो नया राज्यको स्थापना गरेको पाइन्छ। राजा चायले नया राज्य स्थापना गर्दा थपलालाई दुर्गमानी राज्यको सिमा निर्धारण गरेको पाइन्छ।चायकोटका शासकका राजगुरु चौक्याल पाण्डेय थिए ।


चाँयकोटमा मलस्या साउन,चौथानी पनेरु, सिमल्या पाण्डेयको मुख्य भुमिका रहेको थियो। चौ

Chaukyal Pandey
GotraUpamanyu
Kuladevta (male)Naula (Mahadev)
Kuladevi (female)Durga
धर्मHindu
CountryNepal
क्षेत्रSudurpaschim Province

क्याल पाण्डेय चायकोटी राजाका राजगुरु संगै मलस्या साउन,सिमल्ट्या पाण्डेयका पनि पुरोहित थिए। ठुलो सेनाको कटक र भारदार सेवा सुसारे सहितको चाँय फौजले जाट पणवार संग युद्ध गर्‍यो । थपलामा मुख्य केन्द्र बनाई बसेका जाँटलाई पराजित गरि ठकुरी बंशको शासन शुरु भयो। चांयकोटको ठकुरी राजाले देव पुजनको जिम्मेवारी तोक्यो । वन पाण्डेयको बसोबास भएकाले वलकाँडेमा वन पाण्डेयलाई महादेव , दुनिला खिटकेश्वर सिमल्ट्या पाण्डेय,पछि सिमल्ट्या र वन पाण्डेय बिच द्वन्द हुदा खिटकेश्वर बिभक्त भएर शिरोभाग दुनुल्लेकमा सिमल्ट्या र दुनिलामा वन पाण्डेयले पुजा लगाउने ब्यबस्था भयो । त्यसै गरि नङर भागेश्वरमा चौक्याल पाण्डेयले पुजा लगाउने प्रवन्ध मिलाइयो । कालान्तरमा शीर्ष सिद्ध समैजी सिमल्ट्या पाण्डेयले दाइजोका रूपमा पुज्ने जिम्मा दिए ।


तल्लो मल्लो मधेसका सिद्धनाथ, बैजनाथ ,समैजी बाह्र थानमा पुजाको जिम्मा चौक्याल पाण्डेयको थियो । थाला थपलामा ,साउन मलासमा,सिमल्ट्या सिमल्टामा,पनेरु नयातलमा,वन पाण्डेय वलकाडेमा,खाती,धानुक खाती गाउँमा ,भट्ट दुनिलामा, बोहरा घोडाउजमा,चौक्याल चौकीमा ,भट्ट नङरमा,खडका,पाली खलतलमा,काल्ल जोरा,लिउड ठकुराठी,नौत्डी जोशीको बसोबास भइ चाय राज्य चलेको थियो । थापाहरु बिस्थापित भए पछि पाण्डेय पनेरु थपलामा जिउना जोगी भरत गिरीको समन्वयमा एकत्रित भएका थिए । तीनै गिरीजीको मडीमा एकजना राजकुमार बसे कालान्तरमा ती राजकुमारका सन्तान भारती कहलिए ।


सोहि राज्यका राजपुरोहित पण्डा चौक्याल पाण्डेय उपमन्यु गोत्रका रहेकाछन । हरेश्वर नौलो कुलदेवता रहेका चौक्याल सिद्धनाथ,बैजनाथ, समैजीका पण्डा रहेका छन । चौक्याल पाण्डेय कि कुलदेवी भुवनेश्वरी हुन । सिमल्ट्या पाण्डेय र चौक्याल बिच निकै ठुलो द्वन्द्व भयो । कैलपाल देवताको अगुवाइ मा द्वन्द न्युनिकरण भयो । ग्राम्यदेव कैलपाल कै थान संगै चौक्यालको पिजासको थान र शेष पुजा दिन्या दुबै थरिले कुलदेवी भुवनेश्वरी पुजनिय बनाउनु पर्ने भयो।