चुलीमाई मन्दिर कालिकोट जिल्ला अन्तर्गत मान्मा, पाखा, दाँहा, बदालकोट गाविसवीच चुलीपाटनमा अवस्थित छ। चुलीमाईको मन्दिर कालिकोट जिल्लाको कर्णाली नदी सतह देखि अन्दाजी करिव ५००० मिटर उचाईमा छ । यो हिमाली स्थान र समथल परेको लेक हो । यो मन्दिरको पूजा श्रावण र भाद्र महिनामा पर्ने जनै पूर्णीमाको चर्तुदशीको दिनमा पूजा लाग्दछ । कालिकोट जिल्लाको केही गाविसहरूबाट तिर्थ यात्रीहरु पैदल यात्रा गरी जाने गर्दछन । उक्त मन्दिरमा पूजा पाठ गर्नुका साथै परम्परागत चलिआएको धामीझाक्री काप्ने पनि गर्दछन । भगवान राम र कृष्णजीको भजन, किर्तन र आरती गर्दछन । भगवान र चुलीमाईको जयजयकार गर्दछन । जनै पूर्णीमाको चर्तुदशीलाई मालीका चर्तुदशी भन्ने र उक्त दिनमा तिर्थ यात्रीहरु भगवती माईको दर्शन गर्ने गर्दछन ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्