चर्या नृत्य भनेको बुद्ध धर्मको तान्त्रिक विधाको एक सशक्त कला-प्रस्तुति हो । यस नृत्यको मूल ध्येय हो, कलाकारले ध्यानश्चर्या अर्थात् ध्यानभावमा ढालिएर नृत्यद्वारा प्रस्तुति दिनु हो । यस नृत्यमा पञ्चबुद्ध मानिएका अक्ष्योम्य, रत्नसम्भव, अभिताभ, अमोधसिद्धि र वैचोरनका ध्यानमुद्रा र ध्यानभावलाई आत्मसाथ गरी नृत्यमा प्रस्तुत गरिन्छन । सारांशमा बज्रयानी बुद्धदर्शनमा आधारति नृत्य हो यो। यो नृत्य मुद्रा र ध्यानमा केन्द्रित हुने हुँदा यसका कलाकार अन्य नृत्यमा जस्तो शारीरकि हाउभाउका आधारमा मात्र केन्दि्रत हुँदैनन । उनीहरू ध्यानको भावधारामा चुर्लुम्म डुबेर नृत्य गर्छन ।

संस्कृत श्लोकमा मन्त्रोचारण गर्दै यो नृत्य गर्नुअघि हरेक कलाकारले आ-आफ्ना आस्थाका देवदेवीप्रति भक्तिभावले प्रार्थना गर्छन । यसो भन्ने प्रचलन छ। त्यसैले यस नृत्यका लागि आत्मिक रूपमा पनि कलाकार अध्यात्मप्रति समर्पित हुन आवश्यक छ ।