चन्द्रशेखर उपाध्याय

(चन्द्र शेखर उपाध्यायबाट अनुप्रेषित)

चन्द्रशेखर उपाध्याय बिबादित सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने मध्यमा एक हुन चन्द्र सन १८१५ मा सुगौली सन्धी गर्दा नेपालको तर्फबाट ब्रिटिश भारतीय सरकारसङ्ग नेपालको अहित हुने गरी सन्धीमा हस्ताक्ष्रर गर्ने गजराज मिश्र र यिनै उपाध्याय थिए ।[१] सो सन्धी नेपालको अहित मा छ भन्ने थाहा पाउदा पाउदै उताको प्रलोभनमा परेर यिनले नेपालको अहित हुने गरी हस्तक्षर गरे। चन्द्रशेखर उपाध्याय नेपालनै त्यागेर उतै बसे , कारण नेपालसङ्गको गद्दारी । ब्रिटिश इन्डिया सरकारलाई फाईदा हुने विभिन्न सन्धी तथा सम्झौतामा हस्ताक्षर गर्न र कार्यन्वयन गर्न अनि गराउन दबाब दिने जस्ता भूमिका यिनले निर्बाह गरे । यिनले र गजराज मिश्रले त्यतिबेला सुगौली सन्धीका केही बुदालाई नमानेको भएर र हस्ताक्ष्रर गर्नु पूर्ण नेपाल सरकारमा सो कुरा राखेको भए शायद आजको नेपाल विशाल नेपाल हुन्थ्यो र भारतसङ्ग हाराहारीमा निर्भिक भएर उभिएको हुन्थ्यो । ब्रिटिस इन्डियन सरकारलाई सहयोग गरे बापत उताको सरकारले यिनलाई चल अचल सम्पती दिएर उतै राख्यो , अनि यिनले स्वत: देशलाई घात गरे । मुज्जफरपुरको कर्नलमा यिनलाई ३६ वटा मौजा पनि दिएर राख्यो । यिनका सन्तान त्यहा मजिस्टेट सेमत भएका थिए । गजराज मिश्र र उपाध्यायकै हस्ताक्ष्ररको नतिजा आज देशले भोगिरहेको छ ।   

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. सापकोटा, जनकराज; पन्त, प्रा दिनेशराज (९ चैत्र २०७०), "अंग्रेजको नेपाल हडप्ने योजना", नेपाल, अन्तिम पहुँच २२ जेष्ठ २०७९