घरपूजा मैथिल सामान्यतया हाम्रो दैनिक बोलीचालीमा घरमै गरिने पूजालाई घरपूजा भने तापनि मैथिल समाजमा यसको निकै ठूलो महत्त्व छ । यसमा आफ्नो नातेदार कुटुम्बलाई निम्तो दिई वोलाएका हुन्छन् ।

महत्त्व सम्पादन गर्नुहोस्

घरपूजा मा आफूले मान्ने सम्पूर्ण देवी-देवतालाई आ आफ्नो हैसियत अनुसार वली दिनु चढाइन्छ। वलीमा प्राय: बोका पाठो भेडा खसी तथा सुँगुर दिने प्रचलन रहिआएको छ।

विविध सम्पादन गर्नुहोस्

घरपूजा मा राति चढाईको वलीको मासु राति नै सकाउनु पर्ने हुन्छ । त्यसैले नै राति नै समूह टोल बस्तिमा भोज दिने चलन छ ।

विवाद सम्पादन गर्नुहोस्

पहिले यो पूजा लाई मांसाहारी पूजा भनिए तापनि अहिले एकाध ठाउँमा साकाहारी वनाईएको छ। जहाँ वलीको सट्टामा फलफूल मिठाई चढाइन्छ ।

साईत सम्पादन गर्नुहोस्

साउन वा माघ महिनाको घरी पर्वका दिन ।