गृहस्थ आश्रमको अर्थ हो घरेलु जीवन । जीवनको सक्रिय अवस्था अर्थात् २५ देखि ५० वर्षसम्मको उमेरलाई गृहस्थ आश्रम भनिएको छ । धर्मशास्त्रहरूमा गृहस्थ आश्रमलाई सबै आश्रमहरूको आधार र सबै भन्दा महत्त्वपूर्ण आश्रम भनिएको छ ।

मनुस्मृतिमा गृहस्थ आश्रमको महत्त्व यस प्रकार बताइएकोा छ यथा नदीनदाः सर्वे सागरे यान्ति संस्थितिम् । तथैवाश्रमिणः र्वे गृहस्थे यान्ति संस्थितिम् ।। जसरी समुद्र प्राप्त नहुञ्जेल खोला, नदी घुमिरहनछन् त्यसै गरी अन्य आश्रम गृहस्थ आश्रम वरिपरि नै घुमिरहन्छन् । ब्रह्मचर्य आश्रममा सञ्चित ज्ञानलाई यस आश्रममा प्रयोग गरिन्थ्यो । दोस्रो अवस्था, जुन २५ वर्षपछि सुरु हुन्छ, मा विवाहित जीवनका सारा कर्तव्य समावेश हुन्छन् । यसमा व्यक्तिगत र सामाजिक जीवनका जसमा दान दिनु, यज्ञयाग, र कर्मकाण्ड सामेल हुन्छन् ।

दीक्षान्त वाक्य

सम्पादन गर्नुहोस्

जीवनका २५ वर्ष ब्रह्मचर्य आश्रममा बिताए पछि गुरुकुलमा दीक्षान्त समारोह गरी विद्यार्थीहरूलाई गृहस्थ आश्रममा गई स्वकर्तव्य पालन गर्ने निर्देश दिइन्थ्यो । तैत्तिरीय उपनिषदमा दीक्षान्त वाक्यहरु यस प्रकार बताइएको छ मातृ देवो भव । पितृदेवो भव । आचार्यदेवो भव । अतिथि देवो भव । स्वाधायान्माप्रमद ।

यस आश्रमका कर्तव्यमा विवाह, दाम्पत्य सुख, सन्तान उत्पादन र लालन पालन, धन आर्जन, दान, अतिथि सत्कार, मान्य जनको आदर, यज्ञ गर्नु गराउनु तथा शास्त्र चर्चा जस्ता कुरा पर्दछन्। धर्म शास्त्रहरूमा यज्ञको कर्तव्य गृहस्थलाई भनिएको छ सन्न्यासीलाई होइन। सन्तान उत्पादनबाट तीन ऋणमध्ये एक पितृ ऋणबाट मुक्ति हुन्छ भनिएको छ ।