गुरु गोरखनाथ

गुरु गोरखनाथको बारेमा प्रचलित कहानी तथा जीवनी

गुरु गोरखनाथ प्रत्येक धर्म, सम्प्रदायले विभिन्न स्वरूपमा मानिआएको सन्दर्भमा आफ्ना परम्परा र संस्कृतिभित्रै बसेर पनि सबैले गुरु गोरखनाथलाइ स्थान दिएका छन् । के हिन्दु, के मुस्लिम, के इसाइ, के बुद्धिष्ट सबैले उहाँलाइ विभिन्न स्परूपमा स्वीकारी मान्दै आइरहेका छन् र उहाँको आशीर्वाद अनुकम्पाले आफ्ना मनोरथहरू पूरा गरिरहेका छन् ।

  • महायोगी गुरु गोरखनाथको उत्पत्तिसम्बन्धमा भारतका विद्वान् लेखकहरूले धेरै ठाउँ उल्लेख गरेका छन् । महायोगीको उत्पत्ति पाकिस्थानको रावलपिण्डीमा बाह्रौँ शताब्दितिर भएको जनश्रुति पाइन्छ । यो जनश्रुति मराठी भाषीमा भए पनि अन्य भाषाहरूमा पनि पाइएको इतिहासकारहरू बताउँछन् । विशेष महत्त्वको जनश्रुति यसप्रकार छ ( हालको पाकिस्थानमा पर्ने रावलपिण्डीको गाउँको कुनै एक घरमा अलख निरंजन को आवाज सुनिन्छ । यस आवाजसँगै एकजना बाबा भिक्षा माग्न आएको ठानी घरभित्रबाट एउटी महिला भिक्षासहित बाहिर निस्किन्छिन् । महिला चिन्ताग्रस्त देखिएकीले बाबाले त्यसको कारण सोध्नुहुन्छ । गहभरी आँशु बनाउँदै विवाह भएको धेरै वर्ष भैसकेको र हालसम्म पनि आमा बन्ने सौभाग्य प्राप्त नभएको , सबै छिमेकीहरूले अलच्छिनी पापिनी आदि भनी लाञ्छना लगाएर अपहेलना गरेको दुःखेसो ती महिलाले बाबासमक्ष राख्छिन् । महिलाको यस्तो अवस्था देखि बाबालाइ दया जाग्छ र उहाँले कृपास्वरूप बुटी खान दिनुहुन्छ । बाबाले उक्त महिलालाइ वरदान दिँदै भन्नुहुन्छ भगवान् शिवको कृपाले छिट्टै नै तिम्रो संस्कारी पुत्रको जन्म हुन्छ । महिलाले उक्त बुटी खानको लागि के सोचेकी मात्र थिइन् बाबासँगको संवाद सुनिरहेकी एउटी छिमेकि महिलालाइ इर्ष्या जाग्छ । उक्त छिमेकीले तत्कालै शंका व्यक्त गर्दै अति होच्याएर यस्तो भिख मागेर हिँड्ने जोगीले दिएको बुटी खाएर कहीँ बच्चा हुन्छ ? बच्चा त भगवान्को देन हो । भगवान्को कृपाले मात्र सम्भव छ भनी तिखो वचन लगाएको रीसको झोँकमा ती महिलाले बाबाले दिनुभएको बुटीलाइ विश्वासै नगरी फोहोर फाल्ने ठाउँमा फ्याँक्छिन् ।
  • समय बित्दै जाँदा बाह्र वर्षपछि पहिलाकै बाबा पुनः तिनै महिलाको घरमा घुम्दै पुग्नुहुन्छ । यतिका वर्षपछि पनि ती महिला पहिलेकै जस्तो उदास, चिन्तित देखेर बाबाले आश्चर्य मान्दै सोध्नुहुन्छ र ती महिलाले सबै वर्णन गर्छिन् । बाबाले उक्त बुटी फालेको ठाउँ देखाउन भन्नुहुन्छ र ती महिलाले उक्त बुटी फालेको ठाउँमा बाबालाइ लिएर जान्छिन् । बाबाले जोडसँग अलख निरंजन भनेर बोलाउनुहुन्छ र त्यस दिव्य आवाजसँगै एक दिव्य अत्यन्त सुन्दर गौरवर्णयुक्त तेजस्वी बालक बालक निस्की बाबाको नजिक जानुहुन्छ । यस्तो दृश्य देखि ती महिला आश्चर्य र विस्मयका साथ प्रायश्चित्त गर्दै रून लाग्छिन् ।। बाबा र दिव्य बालक त्यहाँबाट अन्तर्ध्यान हुनुभयो । बाबा हुनुहुन्थ्यो योगीराज मत्स्येन्द्रनाथ र दिव्य बालक हुनुहुन्थ्यो श्री श्री महायोगी गुरु गोरखनाथ ।
  • विदेशी लेखक ब्रिग्सले उल्लेख गरेअनुसार यस संसारको सृष्टी हुँदा नै गुरु गोरखनाथ धुनी जगाएर तपस्यारत हुनुहुन्थ्यो । विष्णु भगवान्को कमलको फूलबाट ब्रह्मा निस्कँदा गुरु गोरखनाथ पातालमा हुनुहुन्थ्यो र ब्रह्माजीले संसार सृष्टी गर्न लाग्दा फोहोर पानीको कारणले समस्या पर्यो । उहाँले श्री श्री महायोगी गुरु गोरखनाथसँग सहायता माग्नुभएको र श्री गुरु गोरक्षले धुनीबाट खरानी दीइ पानीमा छर्कनु त्यहीँबाट तिमीले विश्व सृजना गर्न सक्नेछौ भन्नुभएको र त्यसैअनुरूप भएकोले ब्रह्मा, विष्णु र शिव नै गुरु गोरक्षनाथका प्रारम्भिक अनुयायी भएको कुरा उल्लेख छ । त्यस्तै वेदका मन्त्रहरू जस्तो यजुर्वेद, अथर्ववेद आदिका मन्त्रहरूमा रक्षा को अर्थ त्यही पाइन्छ जुन गोरक्षको अर्थ सर्वत्र प्रसिद्ध छ । नेपालमा गोरक्ष युग थियो । नेपालमा गोरखा राज्य थियो र त्यहाँ बस्ने गोर्खाली जातिहरू गुरु गोरखनाथलाइ नै आफ्ना आराध्यदेव मान्दथे । गोरखा राज्य पनि गुरु गोरखनाथकै नामबाट रहेको पाइन्छ । अर्कोतिर नेपालका शाहवंशीय राजाहरूमा उहाँको उच्च किसिमको आदर सम्मान हुने उहाँलाइ आफ्नो पूज्यदेव मान्ने, प्रत्येक कार्य गुरु गोरखनाथलाइ सम्झेर मात्र गर्ने र त्यतिबेलाका राजाहरूले पैसामा पनि गोरष लेख्ने गर्दथे । अठारौँ शताब्दिको अन्त्यतिर जन्मनुभएका पृथ्वीनारायण शाहलाइ बुढा योगीको स्वरूपमा उपस्थित भइ आशीर्वाद दिनुभएको दही खान दिनुभएको कुरा नेपालको इतिहासमा स्वर्णाक्षरले लेखिएको छ । राजा द्रव्य शाहलाइ गोरक्षाधीश भनेर सम्बोधन गरिनु त्यस्तै अन्य राजाहरूलाइ पनि गरिनुबाट उहाँको प्रभावको बारेमा उल्लेख गर्न असम्भव नै छ । हालसम्म पनि नेपालको मुद्रामा गुरु गोरखनाथको नाम तथा पादुका अंकित भएको पाइन्छ । यसरी नेपालीहरूका गर्वका प्रतिमूर्ति महायोगी गुरु गोरखनाथकै कृपा आशीर्वादले नेपालीहरू विश्वमा वीर गोर्खालीको नामबाट गर्व गर्छन् । खुकुरीको भरमा अंग्रेजहरूलाइ परास्त गर्नु गुरु गोरखनाथकै कृपाको परिणाम हो भन्दा दूइमत नहोला । महायोगी समय, कालखण्डभन्दा माथि, नाथहरूका महानाथ, देश,काल स्थानभन्दा धेरै माथीका अद्वितीय महापुरूष हुनुहुन्छ । श्री गुरु गोरक्ष अनादि, अजर अमर हुनुहुन्छ । यसैले पनि उहाँको जन्म मरणको प्रसंग नै उठ्दैन । आजसम्मका सम्पूर्ण धर्मगुरुहरूमा छुट्टै पहिचानका साथ, अलग्गै व्यक्तित्वको परिचायक महायोगी गुरु गोरक्षनाथ शिवकै अवतार, शिवकै स्वरूपमा स्थित हुनुहुन्छ ।

नेपाल को सन्दर्भ मा गुरु गोरखनाथ विश्व मानचित्रमा नेपाल नै त्यो भूमि हो जसले गुरु गोरखनाथको पहिलो प्रकटस्थल हुनुको सौभाग्य पाएको छ । यहाँका उकाली आेराली, भञ्ज्याङ् चौतारी, समथर भूमिले उहाँको पावनतम चरणको स्पर्श पाएका छन्, यहाँको माटोका कण कण उहाँको सामिप्यता पाएर धन्य धन्य भएका छन् । तसर्थ यो भूमी सामान्य अवश्य नै छैन । सम्पूर्ण विश्व ब्रह्माणडका रक्षक गुरु गोरखनाथद्वारा सृजित, रक्षित यो भूमि कमजोर कसरी हुन सक्छ ? गोरक्षको यही कृपा अनुकम्पाले गर्दा नै नेपाल राष्ट्र अक्षुण्ण र स्वतन्त्र रहेको छ । हाम्रा शक्तिशाली छिमेकी राष्ट्र पराधीन हुँदासमेत नेपाल सदा नै स्वाधीन रहेको छ । हाम्रा पूर्वजहरूले गुरु गोरखनाथ र माता गोरखकालीको पुकार गरेर मात्र ठूला ठूला युद्ध जितेका र विश्वभरि नै वीर गोर्खालीको नामले प्रशंशित भएका उदाहरणहरू पनि इतिहासका पानामा थुप्रै भेटिन्छन् ।

  • महायोगी गुरु गोरखनाथ समयको कालखण्डभन्दा माथि, नाथहरूका महानाथ, देश, काल, स्थानभन्दा धेरै माथिका अद्वितीय महापुरूष हुनुहुन्छ । श्री गुरु गोरक्ष अनादि, अजर अमर हुनुहुन्छ । ब्रह्माजीलाइ समेत सृष्टि गर्न सघाउने गुरु गोरखनाथ सृष्टिभन्दा पनि पहिले विराजमान हुनुहुन्थ्यो भन्ने प्रमाणीत हुन्छ । हालसम्म पनि नेपालको मुद्रामा गुरु गोरखनाथको नाम तथा पादुका अंकित भएको पाइन्छ । यसरी नेपालीहरूका गर्वका प्रतिमूर्ति महायोगी गुरु गोरखनाथकै कृपा आशीर्वादले नेपाली सेनाले बन्दुक र गोलावारीका बावजुद जय गोरख शब्द्सँगै सबैलाइ मात्र खुकुरीले परास्त गर्न सक्षम भए । महायोगी गुरु गोरखनाथ शिव नै हुनुभएकोले शिव गोरक्षको रूपमा आदरका साथ श्रद्धा भक्ति र विश्वासको केन्द्र मानी पूजा आराधना पनि गरिन्छ । गोरखनाथ चारै युगमा सशरीर हुनुहुन्छ । अनेक महात्मा योगी राजा आदिलाइ समय समयमा मार्गदर्शन गरेका कुरा हामीले पढ्ने पनि गरेका छौँ । यस्ता महायोगी को बारेमा जान्नु र अरूलाइ सुनाउनु भन्न सक्नु नै हाम्रो महानता हुनेछ । जसलाइ हामीले बुझ्न त सक्दैनौ तर उहाँको यशोगान, प्रशंसा नगरिकन पनि रहन सक्दैनौँ । जय गोरख । जय गुरुदेव । अलख निरंजन । गोरखनाथ र रोट गोरखनाथ लाइ प्रत्येक दिन,हप्ता,महिना र प्रत्येक वर्षको गोरक्ष पूर्णीमा वा वैशाख शुक्ल पूर्णीमा का दिनमा सवालाख रोट अर्पण गरिन्छ । सवा संख्या गुरु गोरखनाथलाइ मन पर्ने हुनाले नै सवालाख चढाइन्छ । रोट महाप्रसाद हो । सद्गुगुरुदेवको चरणकमलमा अर्पित रोट खान पाउनु मानवजीवनको उच्च सौभाग्य हो । जसले रोट प्रसाद ग्रहण गर्दछ त्यो आत्मानै धन्य हुन्छ । त्यो आत्माका युगयुगान्तरका पाप कर्महरू, दोषहरू नाश हुन्छन् र एउटा जीवले मुक्ति प्राप्त गर्नका लागि सजग मार्ग निर्माण हुन्छ । तसर्थ महाप्रसाद रोट ग्रहण गर्नाले हुने शारिरिक, मानसिक र आध्यात्मिक फाइदाहरू वर्णनातीत छन् । ३२ थरी मसला र जडीबुटी मिसाएर बनाइने हुनाले पनि रोटको विशेष महत्त्व हुन्छ । काजु, किसमिस, छोहरा, नरिवल, ल्वाङ्, सुकुमेल आदि फलादि गुणले युक्त छन् । यी वस्तुहरूलाइ विभिन्न आयुर्वेदिक खुराकहरूमा पनि मिसाइएको पाइन्छ । यिनीहरूका आैषधीय गुणहरूका बारेमा बताएर आयुर्वेद कहिल्यै थाकेको पाइन्न । हामीले घरेलु आैषधीको रूपमा पनि यिनीहरूलाइ लिँदै आएका छौँ । यिनै जडिबुटी लगाएतको मिश्रणबाट शुद्ध घ्यूमा तयार हुने रोटको विशेषतालाइ शब्दमा भने कैद गर्न सकिन्न । सेवन गरेर नै यसको महत्त्वलाइ आँक्न सकिन्छ । त्यसैले नजिकैको गोरक्षपीठ आदिमा गएर रोटको स्वाद लिन नभुल्नु होला
GorakhNath Mandir
Gorakhnath Temple Mirgasthali

गुरु गोरख नाथ को प्रसिद्ध मन्दिर काठमाडौँ पशुपति परिसर को मृगस्थली मा रहेको छ

गुरु गोरखनाथ लाई हठ योग का प्रवर्तक मानिन्छ . साथै नाथ पन्थ को सुरुवात पनि उहाँ बाटनै भएको मानिन्छ . यस पन्थबाट अघोर पथ जस्ता पन्थहरू निस्केका छन् . नाथपंथी साधुहरू नेपाल मा प्रसस्त छन्


सन्दर्भ सामग्रीहरूसम्पादन

GorakhNath And the Kanphatta yogis - George Weston Briggs

Go.Ni. Yog Bani - Monthly Newspaper Nepal

बाह्य linkसम्पादन

गोरखा जिल्लासम्पादन

पृथ्वीनारायण शाह