ग्वोल्फ खेलक्षेत्र भनेको ग्वोल्फ खेल खेलिने मैदानको विस्तारीत क्षेत्र हो। यसमा खोपील्टाहरूको एक श्रृंखला हुन्छ, प्रत्येकमा टि क्षेत्र (टि बक्स), सुलभमार्ग (फेयरवे), खस्रोखण्ड (रफ) र अन्य खतराहरू, र जमिनमा बेलनाकार प्वाल भएको कचाैरा जस्तो हरित-खण्ड हुँन्छ, जस्लाइ अंग्रेजीमा "कप" भनिन्छ। कचाैरा क्षेत्रमा झन्डी-डन्डी (फ्ल्यागस्टिक) हुन्छ, जस्लाई छेस्को (पिन) समेत भन्ने गरिन्छ । ग्वोल्फको एक मानक चक्र (राउन्ड) मा १८ खोपिल्टाहरु हुन्छन्,र यस्ता प्रायः खेलक्षेत्रहरूमा १८ अलग खोपिल्टाहरू हुन्छन्; यद्यपि, धेरै ९-खोपील्टे खेलक्षेत्रहरू पनि हुन्छन र केही जसमा साझा सुलभमार्ग वा हरित-खण्ड हुँन्छन। १२ वा १४ गैर-मानक संख्यामा खोपील्टाहरू भएका ग्वोल्फ खेलक्षेत्रहरु पनि भेटिन्छन । नेपालको लोमान्थाङ नजिक रहेको मुस्ताङ ग्वोल्फ खेलक्षेत्र लाइ विश्वकै उच्च स्थानमा रहेको ग्वोल्फ खेल क्षेत्र दावी गरिएकोछ ।

कोबे,जापान स्थीत एक ग्वोल्फ खेलक्षेत्रको दृश्य