खेल सिद्धान्त

खेल सिद्धान्तसम्पादन

खेल सिद्धान्तको परिणाम एकदम निश्चित हुँदैन । त्यसले विभिन्न परिणाम प्रदान गर्न सक्छ । जस्तो कि विभिन्न दलहरु बीचको वार्ताको परिणाम अनिश्चित हुन्छ । त्यो परिणाम प्रत्येक दलको वार्ता गर्ने क्षमता, अडान, बुद्धिमत्ता र दबाव दिने दिने खूबीमा भर पर्छ । अपूर्ण प्रतियोगितामा पनि बजारको परिणाम आर्थिक एकाईको रणनीति र त्यसको एक अर्का माथि पर्न सक्ने प्रभावमा भर पर्छ । अपूर्ण प्रतिस्पर्धा को अधिकतम स्थिति भनेको द्वयाधिकार हो । जसमा दुइ जना व्यापारी हुन्छन् । यस्तो अवस्थामा बजारको साम्य झनै अनिश्चित हन्छ । यदि मोनालिसा पेन्टिङ प्राप्त गर्न कालागि दुइ जना अति धनी व्यक्तिबीच प्रतिस्पर्धा हुन्छ भने त्यो कति रुपैयाँमा बिक्छ भन्न कठिन हुन्छ । यही सिद्धान्त द्वयाधिकारमा लागू हुन्छ । द्वयाधिकारी सन्तुलनका व्याख्या कैदीको दुविधाको उदाहरण द्वारा स्पष्ट गर्न सकिन्छ । मानौं दुई जना कैदी छन् जसले कुनै अपराध गरेको आशंकामा सरजमीनका लागि प्रहरी ले अलग अलग कोठामा थुनेर राखिएको छ । दुवैलाई सम्पर्क गर्न दिइएको छैन । एउटाले अपराध स्वीकार गर्छ र अर्काले अस्वीकार गर्छ भने स्वीकार गर्नेलाई थुना मुक्त गर्ने कुरा बताइएको छ । तर दुवैले स्वीकार गरेमा अपराध प्रमाणित भएकाले दुवैलाई थुना गरिने छ । यसका विपरीत दुवैले अस्वीकार गरेमा दुवै थुना मुक्त हुनेछन् । यसको अर्थ के हो भने कैदीको जीवन अर्काको रणनीतिमा भरपर्छ । तर अर्काले के रणनीति लिन्छ भन्ने कुरा पूर्णतया अनुमानमा भर पर्ने हुंदा चार प्रकारका परिस्थितिहरु हुनेछन् । मानौं पहिलो कैदी क र अर्को कैदी ख छ ।
यदि दुवैले अपराध अस्वीकार गर्छन् भने दुवै मुक्त हुन्छन् । तर एउटा कैदीले अस्वीकार गर्छ र अर्कोले स्वीकार गर्छ भने एउटालाई सजायँ हुन्छ र अर्कालाई हुँदैन । तर दुवैले स्वीकार गर्छन् भने दुवैलाई सजायं हुन्छ ।
चार अवस्थाहरु निम्नलिखित छन्
१. क, ख दुवैले सजायँ नपाउने
२. क मुक्त हुने र ख ले सजायँ पाउने
३. ख मुक्त हुने र कले सजायँ पाउने
४. क, ख दुवैले सजायँ पाउने
कैदीलाई सजायँ हुन्छ कि हुँदैन ? भयो भने कसलाई र कति समयका लागि हुन्छ ? यो कुरा विभिन्न परिस्थितिमा भर पर्छ । अर्थात् दुवैले आफू जोगिनका लागि निर्धारित गरेको रणनीति र अर्काले उसलाई बचाउन वा फँसाउन लिने संभावित रणनीतिमा भर पर्छ । यदि एउटा कैदीले अर्काको रणनीति थाहा पाउँछ भने कैदीले चाल्ने कदम भिन्न प्रकारको हुन्छ । दुवैले एक अर्काको पूर्ण विश्वास गर्छन् भने यस रणनीतिले पहिलो अवस्था, तथा दुवैले एक अर्कालाई धोकाको रणनीति लिन्छन् भने चौथो अवस्थाको सन्तुलन हुन्छ । यस बीचमा एउटाले सजायं पाउने र अर्को फुत्कने सम्भावना पनि छ । यसलाई कैदीको दुविधा (प्रिजनर्स डिलेम्मा) अवस्था पनि भनिन्छ ।
यसै आधारमा दुइवटा प्रतिस्पर्धी आर्थिक एकाईको सन्तुलनको व्याख्या गर्न सकिन्छ । दुवै आर्थिक एकाईहरूले लिएको छुट्टा छुट्टै रणनीतिको आधारमा दुवै प्रतिस्पर्धीलाई असामान्य नाफा, सामान्य नाफा, एउटालाई नाफा तथा अर्कोलाई घाटा वा दुवैलाई घाटा जुन अवस्था पनि आउन सक्छ । प्रतिस्पर्धीको रणनीति थाहा भएमा सन्तुलनको कुन अवस्था आउन सक्छ भन्ने कुराको व्याख्या गर्ने आर्थिक सिद्धान्तलाई मेकानिज्म डिजाइन थियरीले भनिन्छ । यसलाई अझ विस्तार गरेर सन्तुलन विश्लेषणको नयां सिद्धान्त बनाइएको छ । उदाहरणका लागि आफ्ना कुनै नातेदारलाई रगत चाहिएको छ, त्यो रगत सोझै दिन मिल्दैन अर्काको रगतसंग साटेर त्यसलाई पूरागर्नु पर्छ । यसरी सन्तुलनमा एक प्रकारको नेट वर्किंग तयार हुन जान्छ । यद्यपि मुख्य सन्तुलन रोगी र प्रचथमिक रगतदाता हो तर अर्कोसंग रगत साटेर दिनु पर्ने अवस्थामा अझ अर्को एकाई पनि त्यस सन्तुलनमा सहागी हुन जान्छ । यसरी यो सन्तुलन सामान्य सन्तुलन नभएर नेटवर्किंग सन्तुलनको एक रुप हुन्छ । यस्तो सन्तुलन आधुनिक नेट वर्किंग व्यापारमा ज्यादै उपयोग हुन जान्छ ।