खुल्ला ज्ञान नेपाल अर्थात ओपन नलेज नेपाल विषेशगरी युवा खुल्ला ज्ञान उत्साहीहरूको एक गैर-नाफामुखी खुल्ला सञ्जाल हो। सन् २०१३ मा स्थापित यस सञ्जाल, खुल्ला ज्ञान अन्तराष्ट्रिय (Open Knowledge International) को नेपाली कार्य समुह हो। यस समुह अनुसन्धान, वकालत, प्रशिक्षण, भेटघाट र ह्याकाथोनको आयोजना, र खुल्ला डाटा, खुल्ला सरकारी डाटा, खुल्ला स्रोत, खुल्ला शिक्षा, खुल्ला पहुँच, खुल्ला विकास, खुल्ला अनुसन्धान लगायतसंग सम्बन्धित औजार विकासका कार्यहरूमा संलग्न भइआएको छ। ओपन नलेज नेपाल परिवारको सदस्य र समर्थकका रूपमा विभिन्न क्षेत्रका प्राध्यापक, विद्यार्थी, कार्यकर्ता, पत्रकार र सरकारी अधिकारीहरु रहेका छन्। यस समुहले परामर्श, तालिम र औजारहरूको विकास मार्फत खुल्ला डाटा उद्यमी र स्टार्टअपहरूले सामना गर्दै आएका डाटासंग सम्बन्धित विभिन्न प्रकारका समस्या समाधानमा मद्दत समेत गर्दछ।मेत गर्दछ।

ओपन नलेज नेपालको लोगो

ओपन नलेज नेपाल नेपाल सरकार कम्पनी ऐन २०६३ अन्तरगत दर्ता भएको एक गैर-नाफामूखी संस्था हो। कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेस्वरमा यस संस्थाको दर्ता नम्बर १६०७१/०७३/०७४ रहेको छ भने आन्तरिक राजस्व विभागमा स्थायी लेखा नम्बर ६०४३७३९४८ रहेको छ। यसका साथै समाज कल्याण परिषद, लैनचौरमा सम्बन्धन नम्बर ४४८८८ सहित सामाजिक कल्याण गर्ने संस्थाका रूपमा समेत दर्ता भएको छ।

उद्देश्यहरु सम्पादन गर्नुहोस्

  • खुल्ला ज्ञानको विचारलाइ प्रवर्धन गर्ने, यो के हो र यो किन राम्रो विचार हो भन्ने जानकारी दिने।
  • खुल्ला ज्ञानसँग सम्बन्धित स्थानिय तथा विश्वब्यापी कर्यक्रमहरू सञ्चालन गर्ने, जस्तै खुल्ला ज्ञान सम्मेलन।
  • खुल्ला ज्ञानका विभिन्न कार्य समुहहरु निर्माण गरी तिनमा काम गर्ने, जस्तै खुल्ला सरकारी डाटा, खुल्ला विज्ञान, खुल्ला अर्थतन्त्र, आदि।
  • खुल्ला ज्ञानसँग सम्बन्धित औजार, परियोजना र श्रोतहरूको विकास गर्ने।
  • नेपालमा खुल्ला ज्ञानको स्थितिका बारे अनुसन्धान र सर्वेक्षण गर्ने।
  • खुल्ला ज्ञानका विषयहरूमा स्थानिय र अन्तरास्त्रिय तहमा विभिन्न संघसंस्था र सञजालहरूसँग सहकार्य गर्ने।

खुल्ला ज्ञान सिर्जना र लागू सम्पादन गर्नुहोस्

मुख्य विषयवस्तुहरू सम्पादन गर्नुहोस्

विश्वव्यापी चुनौतीहरू सम्पादन गर्नुहोस्

खुल्ला जानकारी, सबैलाई मुद्दाहरु बुझ्न मद्दत गर्न, त्यसबारे विचार र समाधानका प्रयासहरु गर्न, र जोखिम र सफलताको लेखाजोखा राख्न, आवश्यक छ।

नागरिक, लोकतान्त्रिक जवाफदेहीता र प्रशासन सम्पादन गर्नुहोस्

सबै नागरिकलाई राष्ट्रिय, क्षेत्रीय र स्थानीय स्तरमा आफ्नो समाज कसरी संचालित हुन्छ भन्ने जानकारीको खुला र स्वतन्त्र पहुँच हुनुपर्छ, जसले सरकारको जाँच गर्न र त्यसलाई थप जवाफदेही बनाउन मद्दत गर्छ।

अनुसन्धान, विज्ञान र संस्कृति सम्पादन गर्नुहोस्

मानव ज्ञान को योगफलमा स्वतन्त्र पहुँचले  सबैलाई आफ्नो जीवन र हाम्रो संसारलाई पुर्ण रूपले बुझ्न , सचेत छनौटहरु गर्न, र सबै मिली उज्वल भविष्य निर्माण गर्न  सक्षम बनाउँछ।

उपभोक्ता र व्यापार जवाफदेहीता सम्पादन गर्नुहोस्

व्यापार व्यवसायको स्वामित्व र नियन्त्रणका जानकारी सबैले पाउन सक्नुपर्छ, जसले गर्दा खराब प्रशासन र हानिकारक सामाजिक र पर्यावरणीय अभ्यासहरु प्रकाशमा आउनुका साथै तिनीहरूले प्रयोग गर्ने उत्पादन र सेवाहरुबारे समेत पूर्ण रूपले बुझ्न सकिन्छ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

खुल्ला डाटा पुस्तिका: http://handbook.oknp.org

बाह्य कडीहरू सम्पादन गर्नुहोस्