'क्लियरिङ हाउस (अङ्ग्रेजी: Clearing House) भन्नाले यस्तो वित्तीय संस्था हो, जसले वित्तीय, डेरिभेटिभस तथा सेक्युरिटिजको क्लियरिङ तथा कारोबार फर्छयौटको कार्य गर्ने गर्दछ । नेपालमा क्लियरिङ हाउसको रूपमा कार्य गर्ने संस्थाको रूपमा स्थापित नेपाल क्लियरिङ हाउस लिमिटेडले हाल विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूको चेक क्लियरेन्स गर्ने कार्य गर्दछ ।

नेपाल क्लियरिङ हाउस लिमिटेड सम्पादन गर्नुहोस्

नेपाल क्लियरिङ हाउस लिमिटेड (अङ्ग्रेजी: Nepal Clearing House Limited) नेपालमा वित्तीय कारोबारको क्लियरिङ हाउसको कार्य गर्ने पब्लिक लिमिटेड कम्पनी हो । यस कम्पनीको स्थापना २०६५ मंसिर २३ मा नेपालको केन्द्रिय बैङ्कको अगुवाईमा भएको थियो ।[१] यस कम्पनीमा नेपाल राष्ट्र बैङ्क, स्मार्ट च्वाइस टेक्नोलोजिज लगायत विभिन्न बैङ्क तथा वित्तीय संस्थाको लगानी रहेको छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्