क्यूआर कोड
क्यूआर कोड (विस्तृत रूपमा क्विक रेस्पोन्स कोड) एक प्रकारको म्याट्रिक्स बारकोड हो । यसलाई जापानको सवारी साधन निर्माण गर्ने कम्पनी डेन्सो वेभले सन् १९९४ मा आविष्कार गरेको थियो । [१] [२] बारकोड मेसिनले पढ्न सक्ने जानकारी हो, जसमा सामानको बारेमा जानकारी हुने गर्दछ। व्यवहारमा, क्यूआर कोडहरूले प्राय: वेबसाइट वा एपको लोकेटर, पहिचानकर्ता वा ट्र्याकरको डेटा समावेश गर्दछ। क्यूआर कोडले डेटा कुशलतापूर्वक भण्डारण गर्न चार मानकीकृत एन्कोडिङ मोडहरू (संख्यात्मक, अल्फान्यूमेरिक, बाइट/बाइनरी, र कान्जी) प्रयोग गर्दछ। [३]
इतिहास
सम्पादन गर्नुहोस्क्यूआर कोड प्रणाली सन् १९९४ मा जापानको डेन्सो वेभ अटोमोटिभ प्रोडक्ट्स कम्पनीमा आविष्कार गरिएको थियो।[४][५][६] मासाहिरो हारा नेतृत्वको अनुसन्धानकर्ता समूहले प्रस्तुत गरेको प्रारम्भिक वैकल्पिक-चौकोर डिजाइन गो बोर्डमा [७] खेलिने कालो काउन्टर र सेतो काउन्टरबाट प्रभावित भएर प्रस्ताव गरेका थिए। स्थिति पत्ता लगाउने मार्करहरूको ढाँचा छापिएको सामग्रीमा कालो-सेतो क्षेत्रहरूको कम प्रयोग हुने क्रम (१:१:३:१:१) पत्ता लगाएर निर्धारण गरिएको थियो।[८][४] क्यूआर कोड प्रणालीको मुख्य उद्देश्य विभिन्न सवारी साधनका पार्ट्सको प्रकार र सङ्ख्या पत्ता लगाउन सजिलो बनाउनु थियो। यसले प्रत्येक सवारी साधनको पार्ट्सको बाकसमा व्यक्तिगत रूपमा स्क्यान गरिने बार-कोड लेबलहरूलाई प्रतिस्थापन गरी एउटा मात्र लेबलमा सबै डेटा समावेश गर्न सहयोग पुर्याएको थियो। क्यूआर कोड प्रणालीको चतुर्भुज संरचनाले विभिन्न बार-कोड लेबलहरूको डेटा कन्जी, काना, र अल्फान्यूमेरिक कोडहरूसँग एकै लेबलमा एकीकृत गरेको थियो।[९][८][४]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्
- ↑ "2D Barcodes", NHK World-Japan, २०२०-०३-२६।
- ↑ "From Japanese auto parts to ubiquity: A look at the history of QR codes", Mainichi Daily News (अङ्ग्रेजीमा), २०२१-११-०९, अन्तिम पहुँच २०२१-११-११।
- ↑ "QR Code features", Denso-Wave, मूलबाट २०१३-०१-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अक्टोबर २०११।
- ↑ ४.० ४.१ ४.२ "QRコード開発|テクノロジー|デンソーウェーブ" [QR code development], Denso Wave (जापानीमा), मूलबाट २६ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-१०-२६।
- ↑ "2D Barcodes", NHK World-Japan, २०२०-०३-२६, मूलबाट ७ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अप्रिल २०२०।
- ↑ "From Japanese Auto Parts to Ubiquity: A Look at the History of QR Codes", Mainichi Daily News (अङ्ग्रेजीमा), २०२१-११-०९, मूलबाट ११ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-११-११।
- ↑ "The Little-Known Story of the Birth of the QR Code", २०२०-०२-१०, मूलबाट २०२०-०३-०४-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०३-०४ मिति
- ↑ ८.० ८.१ "History of QR Code", Denso Wave, अन्तिम पहुँच २०२३-०४-३०।
- ↑ Borko Furht (२०११), Handbook of Augmented Reality, Springer, पृ: ३४१, आइएसबिएन 9781461400646, मूलबाट २१ डिसेम्बर २०१६-मा सङ्ग्रहित।