कुमारी नृत्य सम्पादन गर्नुहोस्

कुमारी नृत्य
अनुयायीनेवार
प्रकारसांस्कृतिक
परिपालनकाठमाडौँमा


कुमारी नृत्य नेपालमा मात्र प्रदर्शन गरिने नृत्य हो। कुमारी नृत्य काठमाडौँ उपत्यकामा प्रचलित देविशाक्तिको आरधना,उपासनामा आधारित नृत्य हो। यिनलाई तलेजुभवानीको मानव रूप भनिन्छ।यो नृत्यप्रस्तुतिबाट देवीमा भक्तिभावना चढाउने र अन्य विभिन्न सङ्कटबाट मुक्ति पाइने विश्वास गरिन्छ।उपत्यकाका प्राय:गणनृत्यमा कुमारीलाई पनि उपस्थित गराउने गरिन्छ तर कुमारी नृत्य बेग्लै प्रस्तुत गर्ने प्रचलन पनि छ।तलेजुभवानीको पुजामा अथवा अन्य आवश्यक परेको ठाउँमा कुमारी नाच नाच्ने प्रचलन छ।

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्