मुख्य सूची खोल्नुहोस्

कालाजारलाई अङ्ग्रेजीमा भिसेरल लिस्मनाइअसिस, ब्ल्याक फिबर वा डमडम फिबर भनेर चिनिन्छ।[१][२] प्रोटोजोआको लिस्मेनिया वर्गमा पर्ने परजीवीका कारणले हुने यो रोग विभिन्न प्रकारका लिस्मनाइअसिस मध्ये सबैभन्दा गम्भीर प्रकारको रोग हो। स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइका कारण यो रोग लाग्ने गर्दछ। परजीवीका कारणले हुने मानिसको मृत्युका कारणहरू मध्ये कालाजार औलोपछिको दोस्रो स्थानमा आउँछ। विश्वभर प्रत्येक वर्ष यो रोगका दुईदेखि चारलाख सङ्क्रमण हुने गरेको पाइन्छ।[३][४] सङ्क्रमण भएपछि यो रोगको परजीवीहरू कलेजो तथा फियो जस्ता भित्री अङ्गमा सर्ने हुनाले यसलाई अङ्ग्रेजीमा भिसेरल लिस्मनाइअसिस भनिएको हो। यो परजीवी हाडमांसीमा पनि सर्ने गर्दछ। कालाजारको सङ्क्रमण भएपछि उपचार गरिएन भने प्राय सबै बिरामीको मृत्यु हुन्छ। यो रोगका मुख्य लक्षण तथा चिह्नहरू ज्वरो आउनु, तौल घट्नु, थकान महशुस हुनु, रक्तअल्पता हुनु र कलेजो तथा फियोको आकारमा उल्लेख्य रूपमा वृद्धि हुनु आदि हुन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल एचआइभी तथा कालाजारको संयुक्त सङ्क्रमण चासोको विषयको रूपमा देखापर्न थालेको छ।[५]

वर्गीकरण तथा बाह्य सामग्रीहरू
विभागinfectiology[*]
आइसिडी-१०B55.0
आइसिडी-९ सिएम085.0
डिजिज-डिबी7070
इ-मेडिसिनemerg/296
एमई-एसएचD007898

विषयसूची

पहिचानसम्पादन

फियो वा हाडमांसीबाट निकालीएको नमुनामा एमास्टिगोट भए नभएको हेरेर गरिने परीक्षण कालाजारको पहिचानको लागि उच्च स्तरीय विधि मानिन्छ। प्राविधिक रूपमा झन्झटिलो भएकोले कालाजारको पटक-पटक महामारी फैलने देसहरूका धेरैजसो ठाउँमा यो विधि उपलब्ध छैन।

कालाजारको पटक-पटक महामारी फैलने धेरैजसो ठाउँहरूमा रगतको सेरम परीक्षणबाट यसको पहिचान गरिन्छ। सन् २०१४ मा कोक्रेन रिभ्यूले कालाजारको पहिचानका लागि गरिने विभिन्न तीब्र परीक्षणहरूको मुल्याङ्कन गरेको थियो। उक्त मुल्याङ्नमा आरके३९ इम्युनोक्रोमाटोग्राफिक परीक्षण सबैभन्दा प्रभावकारी भएको पाइयो। कालाजार लागेका तथा नलागेका मानिसमा गरिएको परीक्षणको बेलामा यसले ९२ प्रतिशत सही नतिजा देखाएको थियो। त्यस्तै अर्को लेटेक्स अग्लुटिनेसन नाम दिइएको परीक्षले कालाजार लागेकाहरूमा ६४% र नलागेकाहरूमा ९३% सही नतिजा निकालेको थियो। अन्य परीक्षणहरूको प्रभावकारिताका बारेमा पर्याप्त अनुसन्धान गरिएको छैन।[६]

बचाउ तथा सुरक्षासम्पादन

हालसम्म कालाजार लाग्नबाट बचाउने कुनै खोप वा औषधि छैन। स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइबाट बच्नु नै यसको सङ्क्रमणबाट बच्ने प्रभावकारी उपाय हो। यो भुसुनाको टोकाइबाट बच्न निम्न उपायहरू अपनाउन सल्लाह दिइएको छ:

घरबाहिर:सम्पादन

१. प्रायजसो साँझदेखि बिहानसम्म यो भुसुना सक्रिय हुने हुनाले सकेसम्म यो समयमा बाहिर ननिस्कने।

२. बाहिर जाँदा वा असुरक्षित घरहरूमा बस्दा मौसम अनुसार सहन सक्ने गरी शरीरको धेरै भाग छोप्ने कपडा लगाउने। लामो बाउला भएको सर्ट, लामो पाइन्ट र मोजा लगाउने र सर्टलाई पाइन्टभित्र घुसार्ने।

३. शरीरको लुगाले नढाकिएको भागमा तथा सर्टको बाउला र पाइन्ट गोडातिरको खुल्ला भागमुनि कीरा भगाउने मलहमहरू लगाउने। यसरी मलहम लगाउँदा यसको बट्टामा लेखिएको विधिहरू अपनाउनु पर्छ।

घरभित्र:सम्पादन

१. खुल्ला झ्यालढोकामा जाली लगाइएको वा वातानुकुलित (एयरकन्डिसन भएको) स्थानमा बस्ने।

२. स्यान्ड फ्लाई नामका भुसुनाहरू लामखुट्टेभन्दा साना हुने भएकाले ससाना प्वालहरूबाट पनि सजिलै छिर्न सक्छन् भन्ने कुरा याद गर्ने।

३. सुत्ने वा विश्राम गर्ने स्थानहरूमा कीरा मार्ने विषादी छर्कने।

४. झ्यालढोकामा जाली नलगाइएको वा वातानुकुलित (एयरकन्डिसन) नभएको स्थानमा सुत्नु परेको अवस्थामा झुलको प्रयोग गर्ने र झुललाई चारैतिर डस्नाले थिचेर कीराहरू छिर्न नसक्ने बनाउने। सम्भव भएसम्म कीरा मार्ने औषधिमा (कीटनाशक भएको पाइरिथ्रोइड) डुबाइएको वा त्यस्तो औषधि छर्किएको झुलको प्रयोग गर्ने। यस्तो औषधि झ्याल/ढोकाका खापा, भित्ता, पर्दा, तन्ना, सिरक तथा अन्य कपडाहरूमा पनि प्रयोग गर्न सकिन्छ। धुने कपडाहरूमा पाँच पटक धोएपछि कीरा मार्ने औषधिको असर समाप्त हुने हुनाले पुन उपचार गर्नु पर्ने हुन्छ।[७]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "WHO | Visceral leishmaniasis", www.who.int, अन्तिम पहुँच २०१५-१०-०५ 
  2. James, William D.अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "etal"। (2006). Andrews' Diseases of the Skin: clinical Dermatology. Saunders Elsevier. प॰ 426. . 
  3. "Leishmaniasis", WHO Fact sheet N°375, World Health Organization, अन्तिम पहुँच २३ सेप्टेम्बर २०१४ 
  4. Desjeux P. (२००१), "The increase of risk factors for leishmaniasis worldwide", Transactions of the Royal Society of Tropical Medicine and Hygiene 95 (3): 239–43, डिओआई:10.1016/S0035-9203(01)90223-8, पिएमआइडी 11490989 
  5. "Leishmaniasis and HIV co-infection", WHO 
  6. "Rapid tests for the diagnosis of visceral leishmaniasis in patients with suspected disease", Cochrane Database Syst Rev 6: CD009135, जुन २०१४, डिओआई:10.1002/14651858.CD009135.pub2, पिएमआइडी 24947503 
  7. "Parasites-Leishmaniasis Prevention and Control", जनवरी १०, २०१३, अन्तिम पहुँच अप्रिल २९, २०१४