कालछिद्र सूचना विरोधाभास

कालछिद्र सूचना विरोधाभास प्रमात्रा यान्त्रिकी तथा सामान्य सापेक्षताको संयोजनको परिणाम हो। यसले भौतिक सूचना कालछिद्रमा लोप भएर, अनेक शारीरिक अवस्थाहरू एकै अवस्थामा विकसित भएर रहने अनुमान गर्छ। यो विवादास्पद विषय हो किन भनें यसले सामान्यतः अनुमानित सिद्धान्तलाई उल्लङ्घन गर्छ। सिद्धान्तानुसार भौतिक तन्त्रको सम्पूर्ण सूचना एक बिन्दुमा रहेपछो अन्य कुनै पनि अवस्थामा र कालमा अनुमान लगाँउन सकिन्छ।