जीवित हरेक प्राणि तथा वनस्पतिहरूमा प्रोटिन, कार्बोहाइड्रेट र अन्य जटिल यौगिकका रूपमा पनि कार्बन रहेको हुन्छ । हरिया वनस्पतिहरूले प्रकाश संश्लेषण क्रियामा वायुमण्डलमा भएको कार्बनडाइअक्साइड ग्यासको उपयोग गर्दछ्न् । मृत जनावर तथा बोटबिरूवाहरूको शरिर विच्छेदकहरूले कुहाँउदा पनि कार्बनडाइअक्साइड उत्पन्न हुन्छ जुन वायुमण्डलमा नै मिसिन्छ । त्यस्तै पेट्रोलियम पदार्थहरूको प्रयोगबाट पनि कार्बनडाइअक्साईड ग्यास निस्कन्छ जुन वायुमण्डलमा मिसिन्छ । वायुमण्डलमा फिर्ता भएको कार्बनडाइअक्साइड हरिया वनस्पतिहरूले पुनः प्रयोगमा ल्याउँछ्न् । यसरी वायुमण्डलमा कार्बनडाइअक्साइड्को आदानप्रदान निरन्तर रूपमा भई कार्बन चक्र चलिरहन्छ ।

कार्बन चक्र प्रक्रिया
समुन्द्र वायुमण्डल र जमिन मा हुने कार्बन चक्र