कामचटका प्रायद्वीप (रसियालीः, poluostrov Kamchatka, उच्चारण [pllˈˈostrəf kmmˈtæätkə]) रसियाको सुदूर पूर्वमा १,२५० किलोमिटर लामो (७७७ माइल) प्रायद्वीप हो, जसको क्षेत्रफल लगभग २,७०,००० वर्ग किलोमिटर छ। प्रशान्त महासागर र ओखोटस्कको सागर ले क्रमशः प्रायद्वीपको पूर्वी र पश्चिमी तटरेखा बनाउँछ। प्रायद्वीपको प्रशान्त तटमा १०,५०० मिटर गहिरो कुरील-कामचटका खाडल छ ।

कामचटका प्रायद्वीप, कमाण्डर टापुहरू र कारागिन्स्की टापुले रूसी संघको कामचटका क्राई बनाउँछ। ३२२,०७९ बासिन्दाहरूको बहुमत जातीय रसीयालीहरुका साथै, लगभग १३,००० कोरियाकहरू (२०१४) पनि छन्। आधाभन्दा बढी जनसंख्या पेट्रोपाभ्लोस्क-कामचटस्की (२०१० मा १७९,५२६) र नजिकैको येलिजोभो (३८,९८०) मा बस्छन्। कामचटका प्रायद्वीपमा युनेस्कोको विश्व सम्पदा सूचीमा परेका कामचटका ज्वालामुखीहरू छन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्